१४ कार्तिक २०८३, शनिबार

बलात्कार आरोपमा युवक पक्राउ, युवतीका आफन्तले दाँत झारिदिए

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २४ माघ । युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान २ स्थित संखुवासभा होटलमा बन्धक बनाएर दुई दिनसम्म बलात्कार गरेको भन्दै युवतीले दिएको उजुरीको आधारमा प्रहरीले खोटाङको दिप्रुङ गाउँपालिका ३ का २२ बर्षीय नवीन राइलाई पक्राउ गरेको हो ।

युवतीका आफन्तले राइलाई हातपात गरेर दाँत झारिदिएका छन् ।

आजको कान्तिपुरमा लेखिएको छ, पुस १३ मा भएको उक्त घटनाको उजुरी सोमबार मात्र आएको हो ।

धनकुटाको चौबिसे घर भई धरानमा बसेर एक कलेजमा अध्ययनरत २० बर्षकी ती युवतीलाई होटलको १०२ नम्बर कोठामा थुनेर बलात्कार गरेको जाहेरीको आधारमा राइलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार युवतीका आफन्तले धरानमा राइलाई भेट्दा हातपात गरेर दाँत झारेका छन् । राईमाथि कुटपिटमा संलग्न युवतीका आफन्तलाई पनि कारबाहीका लागि उजुरी दर्ता भएको प्रहरीले बताएको छ ।