– बेलिना थापा
लमजुङ, २३ माघ । दोर्दी गाउँपालिका–९ माझगाउँमा सहिद दिवसको अवसरमा सञ्चालन गरिएको नवज्योती कप रनिङ शिल्ड खुल्ला फुटबल प्रतियोगिताको उपाधी नेतृत्व युवा क्लब साल्मेले हात पारेको छ । सोमबार नेतृत्व युवा क्लब साल्मे र रत्तिमरोधी युवा क्लब लाकुरीबोटबीच भएको फाइनल खेलमा शून्यका विरुद्ध ५ गोल गर्दै साल्मेले उपाधी जितेको हो ।
उपाधी जितसँगै नेतृत्व युवा क्लबले ५० हजार रुपैयाँ, नवज्योती कप रनिङ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वनेको रत्तिमरोधी युवा क्लब लाकुरीबोटले भने ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
सर्वाधिक गोलकर्तामा नेतृत्व युवा क्लब साल्मेका सुरज गुरुङ घोषित भएका छन् । उनलाई २ हजार पाच सय नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरस्कार वितरण कार्यक्रममा निवर्तमान सांसद जमिन्द्रमान घलेको प्रमुख आथित्यता थियो । कार्यक्रमलाई सम्बोदन गर्दै घलेले गाउँगाउँबाट खेलको विकास गनुपर्नेमा जोड दिए । उनले देश संघीयताको कार्यन्वयनमा रहेको भन्दै राजनीतीक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिको जरुरत रहेको बताए । आफु सांसद भएको समयमा उल्लेख्य काम गरेता पनि केही बाँकी रहेकाले त्यो काम गर्नका लागि सरकारलाई दबाब दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा लमजुङ खेलकुद विकास समितिका सदस्य जुन तामाङ, दोर्दी ९ का वडा अध्यक्ष खेम गुरुङ लगायतले मन्तब्य व्यक्त गरेका थिए ।















प्रतिक्रिया