काठमाडौँ, २३ माघ । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बृद्धि भएको छ । सोमबार ५७ हजार २०० रुपैयाँ रहेको सुनको भाउ मंगलबार बढेर ५७ हजार ८०० रुपैयाँ पुगेको छ । छापावाल सुनको मुल्य ५७ हजार ८०० रुपैयाँ हुँदा तेजावी सुनको मुख्य ५७ हजार ५०० रुपैयाँ रहेको नेपाल सनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत माघ १९ गते ५७ हजार ८०० रुपैयाँ रहेको सुनको भाउ २१ गते घटेर ५७ हजार २०० रुपैयाँ मा झरेको थियो । सो भाउ मंगलबार पुनः बढेर ५७ हजार ८०० रुपैयाँ पुगेको हो ।
त्यस्तै चाँदीको मुख्य मंगलबार ७५० रुपैयाँ रहेको छ । सोमबार चाँदीको मुख्य ७४५ रुपैयाँ थियो ।















प्रतिक्रिया