२९ आश्विन २०८३, बिहिबार

सुन्धाराको होटलमा राखेर एक हप्ता मस्ती गरेपछि…

25.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । ल्यान्डमार्क होटलमा प्रेमीकै सहयोगमा भएको सामूहिक बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेकै बेला राजधानीको अर्को होटलमा बलात्कारको घटना भएको छ ।

त्यो घटना पनि प्रेमीकै सहयोगमा भएको प्रहरीले जनाएको छ । आज प्रकाशित दृष्टि साप्ताहिकमा लेखिएको छ, एक साताअघि सुन्धाराको एसियन होटलमा भक्तपुर बस्ने एक युवतीको बलात्कार भएको हो ।

प्रेमीले एक हप्तासम्म होटलमा राखेर आफूमाथि बलात्कार गरेको उजुरी युवतीले दिएकी छिन् । सोही आधारमा प्रहरीले अशोक गुप्ता नामक युवकलाई पक्राउ गरेको छ ।

स्रोतका अनुसार युवतीको यौन शोषण गरेपछि गुप्ता भागेका थिए । बिहे गर्ने भनेर होटलमा राखेकोमा पछि बिहे गर्न नसक्ने भन्दै युवक भागेका थिए ।

त्यसपछि युवतीले प्रहरीमा उजुरी दिएर युवकलाई पक्राउ गराएकी हुन् ।

सुरुमा युवकले पैसा दिएर घटना मिलाउन खोजेका थिए । पछि युवतीले जाहेरी दिएकी हुन् । जाहेरी दिएपछि प्रहरीले तत्कालै दर्ता गरी गुप्तालाई पक्राउ गरेको छ ।