१ कार्तिक २०८३, आइतबार

व्यवसायिक खेरा खेतीमा रमाएकी छिन् यी प्रधानाध्यापक

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  – बेलिना थापा
लमजुङ, २१ माघ । राइनास नगरपालिका वडा नम्बर ५ तिनपिप्नेकी एक महिला प्रधानध्यापक नानुमाया पराजुली अहिले ब्यवसायमा पनि आकर्षित भएकी छिन् । ४९ बर्षिय पराजुली हाल तिनपिप्लेमै रहेको शिशुविद्याश्रम मावि विद्यालयमा प्रध्यानध्यापकको रुपमा कार्यरत छिन् ।

उनले २ बर्ष पहिलेदेखि धान खेती गर्दै आएको जग्गामा केरा खेती शुरु गरेकी हुन् । ७ रोपनी जग्गामा शुरु गरिएको केरा खेतीबाट राम्रो आम्दानी हुन थालेको छ । बार्षिक २ लाख बढि आम्दानी हुने गरेको पराजुली बताउँछिन् ।

‘दिउँसो विद्यालयमा ब्यस्त हुन्छु, विहान बेलुका केरा खेतीमा ध्यान दिन्छु’ उनले भनिन् । माटो र सिँचाईको सुविधा भएमा र मेहेनतका साथ काम गर्न सके रोजगारीको सिर्जना हुनेछ ।

पछिल्लो समय धेरै युवायुवतीहरु बैदेशिक रोजगारमा जाने गरेको भन्दै पराजुलीले कुन पेशामा आबद्ध हुदा आत्मनिर्भर हुन सकिन्छ भन्ने निर्णय लिन नसकेका कारण अरुको देशमा बाहिरीन बाध्य भएको बताइन् । केही न केही पेशामा आबद्ध हुन सके बैदेशीक रोजगारमा जान नपर्ने उदाहरण दिनका लागि केरा खेती गरेको उनी बताउँछिन् ।

‘म शिक्षण पेशामा पनि छु, तर बाँकी रहेको समयलाई व्यवस्थापन गर्दै व्यवसाय गरेकी छु’ उनले भनिन्, ‘म एउटा उदाहरण दिन चाहन्छु मजस्तै महिलालाई ।’

आफुले उत्पादन गरेको केराको बजार व्यवस्थापन राम्रो भएको भन्दै बजार मूल्य भने त्यती नपाइने गरेको उनले बताइन् । उनले एक दर्जन केरालाई कहिले ४८ रुपैयाँ त, कहिले ५० रुपैयाँ, र कहिले त ३६ रुपैयाँ सम्ममा विक्री गर्ने गरेको सुनाइन् ।

आफुले गरेको व्यवसायबाट सन्तुष्ट रहेको उनले बताइन् । काम गर्दै जाँदा, लगानी भन्दा पनि नाफा हुन थालेको छ । श्रीमान मेखबहादुर भण्डारीले पनि पराजुलीलाई सहयोग गर्दै आएका छन् । नेकपा माओवादी केन्द्रमा आबद्ध श्रीमानले फुर्सदको समयमा सघाउने गरेका हुन् ।

शुरुवातको समयमा २ लाखबाट शुरु उनले केरा खेती शुरु गरेकी थिइन् । ३२ बर्ष शिक्षण पेशामा रहेकी पराजुलीले पछि पनि यसै पेशालाई अंगाल्ने शोच बनाएकी छिन् । परिश्रमका साथ लागेमा राम्रो आम्दानी गर्न सकिने भन्दै रोजगार सिर्जना हुने उनी बताउँछिन् । नानुमाया विद्यालयमा प्रध्यानाध्यापक भएको पनि १७ बर्ष भयो । उनले विद्यालयलाई जिल्लामै नुमना समेत बनाएकी छिन् ।

‘हामीले मेहेनत गर्ने समय भनेको १५ बर्षदेखी ५९ बर्षसम्म हो, यो समयमा नंग्रा खियाउन, पाखुरी चलाउन सक्नुपर्छ’ उनले भनिन् ।

केही महिलाले टुक्रे खेती गरेका कारण सफलता पाउन सकेका छैनन् । व्यवसायिक रुपमा तरकारी खेती, पशुपालनमा लागे आर्थिक समृद्धि हुने र परिवारको आर्थिक अवस्था बलियो हुने उनको भनाई छ ।