
– मनिराज डंगोल
ऐतिहासिक सांस्कृतिक नगरीका रुपमा रहि मौलिक परम्परागत भाषा कला संस्कृतिलाई जीवन्तता प्रदान गर्दै आईरहेको एक अत्यन्तै महत्वपूर्ण सांस्कृतिक नगरी हो टोखा ! टोखा आफ्ना परापुर्वकालदेखि नै शीप र कौशलले निपुण, मिहेनती, कर्मथहरुको कर्मभूमिको रुपमा रहेको ठाउँ जहाँ चाकुको छुटै महिमा छ । जात्रा चार्डपर्वहरुको रहनसहन र चहलपहलहरुको वर्णन गरी साध्यनै छैन । धार्मिक सहिष्णता समेत रहि निर्माण गरिएको सम्पदाले पनि एउटा छुटै पहिचान दिलाउँछ ।
यहाँको मौलिक भाषा, कला संस्कृति र सम्पदाहरुको छुटा छुटै महिमा र विशेषता छन । विशेष गरी सम्पदाहरुमा तलेजु भवानी मन्दिर, जीवितदेवी गणेश–कुमारी, कुमारी पाटी, नारायण मन्दिर, महादेव मन्दिर, गणेश, पिगं द्यो (मसानकालि), क्वथु गणेश, सरस्वती, सपनतिर्थ, नाथेश्वरी, संकटामाई, स्वस्थानीमा वर्णित चण्डेश्वरी र चण्डेश्वरी मन्दिर परिसर, गुभा द्यो(बज्रयोगीनी) लगायत विभिन्न कला कृति युक्त पाटी पैवा , धारा कुवाहरु छन । साथै साँस्कृतिक चाडपर्वहरुमा टोखा विस्का( विस्केट जात्रा), गाईजात्रा, होगं जात्रा, कृष्ण जात्रा, इन्द्र जात्रा, खँःद्यः (खड्ग) जात्रा, स्वन्ति नखः, मोहनी नखः लगायत विभिन्न जात्रा तथा चाडपर्वहरु विशेष महत्वका साथ तामझाम सहित रमणीयपुर्वक मनाउने गर्दछ । यसरी जीवन्त रहेको जात्रा तथा चाडपर्वहरुलाई व्यवस्थित र रमाईलोपुर्वक मनाउनका लागि सम्पुर्ण रुपमा समर्पित भई स्थानीय बाजागाजा तथा द्यः खलः र गुथीहरु निकै सक्रियता पुर्वक लागिरहेको छ । यसरी जीवन्त रहेको जात्रा तथा चाडपर्वहरु आधुनिक जीवन शैलि तथा आधुनिक विकास निर्माणको क्रमले गर्दा संचालन तथा व्यवस्थापनमा निकै कठिनाई महशुस भएको छ । जस्ले यस्ता महत्वपुर्ण चाडपर्व तथा जात्राहरु प्रभावित भई हराई जाने प्रवल सम्भावना देखिएको छ । त्यसैले यस्ता मौलिक संस्कृति तथा सम्पदाहरुलाई छुटै किसिमबाट मौलिकाता प्रदान गर्दै जीवन्तता तुल्याइ राख्न अति आवश्यक छ । यसको लागि राज्यका सम्बन्धित निकाय, तथा स्थानीय जिम्मेवारी व्यक्तिहरुबाट संरक्षण गर्न सकिएन भने यस्ता महत्वपुर्ण संस्कृति सम्पदा स्वतः विस्तारै लोप भई जानेछ ।टोखा न.पा. भित्रको स्थानीय सक्रियता नभएको हुनाले धेरै महत्वपूण सम्पदाहरु, मनोहरतिर्थ, नैनदेवी ओझेलमा परिरहेको विधितै छ । र केवल ईतिहासको पानामा मात्र सिमित हुनेछ । समय छहुँन्जेल वेवास्था गर्ने र पछि खोजि गर्दा नपाउने नेपाली लवज र उखान जस्तै रहिरहेको छ । र पछि आवश्यता भएमा सिर्जना गर्न पनि नसकिने हुन्छ । त्यसैले समय छहुँन्जेल नै ध्यानपुराई यस्ता महत्वपुणर््ा संस्कृति र सम्पदाहरुको संरक्षण गरी जीवन्त तुल्याई राख्नु पर्ने हुन्छ ।
मुलुकमा आएको तीव्र राजनैतिक परिर्वतन पश्चात जिम्मेवारी राजनैतिक दलहरुका जिम्मेवारी नेतागणहरुले चुनावि मैदानमा होस या विभिन्न सभा समारोहमा आफ्नो दलको नीति कार्यक्रम भनि प्रस्तुत गरिएको महत्वपुर्ण वाणी अनुसार मुलुकको आर्थिक उन्नती तथा सृजनशिलताको लागि स्थानीय स्रोत साधनहरुको परिचान गर्ने, भ्रस्ताचार न्युनिकरण गर्ने, जलविद्युत उत्पादन तीव्र गर्ने, उद्योग धन्दाको व्यापक प्रवद्र्धन गरी रोजगारिको व्यापक सिर्जना गर्दै समुन्नत मुलुक निर्माणमा तत्काल जुध्ने योजना प्रति ध्यान मनन् गरी यस ऐतिहासिक सांस्कृतिक नगरी टोखालाई एउटा समुन्नत र सृजनशिलता तर्फ उन्मुख गर्ने स्थानीय जनप्रतिनिधि, यस कार्यक्रम आयोजक समितिका मित्रहरु र स्थानीय जिम्मेवारी व्यक्तित्वहरुको चासो र चिन्ताको विषयको रुपमा आएको हुनाले टोखामा अहिलेसम्म जीवन्त रहेका सम्पदा, संस्कृति र परम्परागत जात्रा चाडपर्वहरुलाई प्रवद्र्धन र सम्वद्र्धन गरी युवा जगतलाई उत्प्रेरणा दिलाई पर्यटनको विकास गरी आयआर्जन तर्फ उन्नमुख गराउने र निरन्तर कला संस्कृतिको जगेर्नाको लागि समेत आवश्यक योजना तय गरी अगाडी बढ्ने हेतुले आज यस विषय संग सम्वन्धित राज्यका विभिन्न निकायका प्रबुद्ध जिम्मेवारी ब्यक्तित्वहरु, जनप्रतिनिधिहरु र स्थानीय जिम्मेवारी व्यक्तित्वहरु बीच टोखाको मौलिक संस्कृति सम्पदा संरक्षण तथा पर्यटन विकासको लागि अन्तरक्रिया कार्यक्रम २०७४ यस टोखा सांस्कृतिक सम्पदा संरक्षण दबुबाट राखिएको हुनाले नितान्त रुपमा विषयसंग सम्बन्धित रहि आवश्यक सरसल्हा सुझाव सहित भावनात्मक सहयोगको पूर्ण अपेक्षा राख्दै यहाँहरु समक्ष विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु ।
उद्देश्य
– ऐतिहासिक सांस्कृतिक नगरी टोखाको मौलिक स्वरुप निर्माणको लागि गुरु योजना तयार गर्ने,
– सम्पुर्ण संस्कृति तथा सम्पदाहरुको अध्यावधिक गरी छुटाछुटै योजना तयारी गरी संवद्र्धन गर्ने,
– सार्वजनिक मठ मन्दिर, धारा, पाटी, पौवा, पोखरी, सतल, तथा जग्गा जमिनहरुको संरक्षणको लागि छुट्टै परियोजना तर्जुमा गर्ने,
– बाटो घाटो, ढल, पोखरी, खानेपानी सेवा, विजुली बत्ती, सोलार बत्ती विस्तार सहित व्यवस्थपन गर्ने,
– फोहर मैलालाई व्यवस्थित संकलन गरी सक्दो उपयोग गरी व्यवस्थापन गर्ने,
– नेवाः बस्तीको मौलिकता झल्किने गरी घर तथा सार्वजनिक पाटी, पौवा, मठ मन्दिरहरुको मर्मत तथा पुननिर्माण गर्दा पौराणिक तथा मौलिकपन आउने गरी निर्माण गर्ने,
– पौराणिक बस्त्ती भित्र निर्माण र पुननिर्माण गरिएको घरहरुको नक्शा पासको छुटै नीति तयार गरी नक्शा पासको लागि टोखा न.पा.मा अनुरोध गर्ने,
– ऐतिहासिक टोखाको मौलिक ऐतिहासिक संस्कृतिको सुरक्षाको लागि विद्यमान मूल सडक बाइपास सडक सुव्यवस्थित गरी ठुला सवारी साधन र अन्यत्र जाने सवारी साधनलाई व्यवस्थापन गर्ने,
– शान्ति सुरक्षाको लागि ऐतिहासिक बस्त्ती भित्र छुटै प्रकारको योजना तर्जुमा गर्ने,
– भित्रि बजार व्यवस्थापनको छुटै परियोजना तयार गरी निश्चित मापदण्ड सहित सञ्चालन गर्ने,
– विद्यमान सांस्कृति बाजागाजाहरुलाई नियमित सञ्चालन गरी उत्कृष्ट मनोरञ्जनात्मक तवरबाट आयआर्जन समेत हुने गरी सञ्चालन व्यवस्थापन गर्ने,
– मौलिक नेपाल भाषालाई ऐच्छिक विषयको रुपमा पठनपाठन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई अनुरोध गर्ने, र नेपालभाषा लिपि कक्षाहरु समेत सञ्चालन गर्ने,
– स्थानीय सम्पदा संस्कृतिको परिचय तथा महिमाको बारे आवश्यक प्रचार सामग्रीहरु तयार गरी वितरण गर्ने,
सम्बन्धित निकाय तथा अपेक्षित योजना तथा कार्यक्रमहरु
उपत्यका विकास प्राधिकरण
– सपनतिर्थ मन्दिर परिसर गुरु योजना मुताबिक सम्पन्न गराउन,
– चण्डेश्वरी मन्दिर परिसर गुरु योजना मुताबिक सम्पन्न गराउन,
– बाइपास सडक निर्माण गरी सवारी साधान बाइपास मार्फत पठाउन सडकको स्तरोन्नती तत्काल गराउन,
– ऐतिहासिक नगरी टोखाको मौलिक संस्कृति झल्कने गरी गुरु योजना (थ्रि डी) सहित तयारी गराई दिन,
– भुतखेल पार्क तथा खेल मैदानको गुरु योजना तयारी गरी सोहि अनुसार आसपासको ढल तथा सडक समेत निर्माण गराइदिन ।
पुरातत्व विभाग
– टोखाको ऐतिहासिक सम्पदाहरु मध्य तलेजु, नारायण मन्दिर, महादेव मन्दिर, चण्डेश्वरी मन्दिर, सपनतिर्थ मन्दिर, संकटा मन्दिर, कोथु गणेश, सरस्वती लगायत पौरानिक सम्पदाहरुको आवश्यकता अनुसार मर्मत सम्भार तथा पुननिर्माण गरी निरन्तर संरक्षण गराउन,
– मौलिक सास्कृतिक जात्रा पर्वहरुलाई नियमित सञ्चालनको लागि आवश्यक परामर्श तथा साथ सहयोग गराउन ।
पर्यटन वोर्ड
– टोखामा पर्यटन प्रवद्र्धनको लागि आवश्यक परामर्श दिई प्रचारप्रसार एवम् पर्यटन सम्बन्धि तालिमहरु दिलाई टोखाको महिमा बारे पर्चा पम्प्लेट फ्लेक्स तयार गरी सहयोग गरिदिन,
– टोखा महोत्सव, उत्सव एवम मौलिक जात्रा चाडपर्वहरु सञ्चालन सम्वन्धि प्रचारप्रसारमा सहयोगी भूमिका निर्वाह गर्न,
– आन्तरिक तथा वाह्य पर्यटन टोखामा प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न,
होटल तथा ट्राभल
– आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनको लागि स्थानीय वातावरण र क्षमता अनुसार सुहाउदो होटल, लज, होम स्टे, ट्राभल एजेन्सी सञ्चालनको लागि आवश्यक तालिम तथा प्याकेज कार्यक्रम प्रदान गर्न तथा आवश्यक परामर्श नियमित गराउन।
काठमाडौँ महानगरपालिका
स्थानीय मौलिक परम्परागत बाजा खलः, द्योः गुथि, साँस्कृतिक नृत्य तथा भजन खलःहरुको लागि छुटाछुट्टै अक्षय कोष खडा गरी नियमित सञ्चालन तथा व्यवस्थानको लागि अनुदान अबिलक योजना रकम विनियोजन गरी दिन,
टोखा नगरपालिका
– प्रस्तुत योजना तथा कार्यक्रमको लागि आवश्यक परामर्श दिन र संरक्षकत्वको भूमिका निर्वाह गर्न,
– भौतिक निर्माण तथा जात्रा चाडपर्व सञ्चालनको लागि गरिने योजना तर्जुमालाई अपनत्व ग्रहण गरी निरन्तर साँस्कृतिक परम्परागत चाड पर्वहरु नियमित सञ्चालन गरी राख्न आवश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गरिदिन,
– ऐतिहासिक टोखाको मौलिक संस्कृति सम्पदा संरक्षण प्रवद्र्धन तथा पर्यटन विकासका लागि एउटा अधिकार सम्पन्न संस्था खदा गरी कार्यक्रम तथा योजना कार्यान्वयन गर्न ।
होम स्टे
आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनको लागि होम स्टे व्यवस्थापन तथा सञ्चालन आवश्यक परामर्श तथा तालिम सञ्चालन गरिदिन ।
(टोखा सस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलबाट प्रस्तुत कार्यपत्र)















प्रतिक्रिया