१ कार्तिक २०८३, आइतबार

भुजुङ गाउँको पर्यटन प्रबर्द्धनका लागि फुटबल प्रतियोगिता गरिदै

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बेलिना थापा
लमजुङ, १६ माघ । लमजुङको पर्यटकिय गाउँ भुजुङमा १४ औँ खुल्ला लालीगुराँस कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘ग्रामिण पर्यटन गाउँ भुजुङ जाऔँ, १४ औँ लालीगुराँस कप–२०७४ मा रमाऔँ’ भन्ने नाराका साथ महाशिब रात्रि पर्वको अवसरमा क्व्होलासोथर गाउँपालिका–४ को लालीगुराँस युवा क्लब भुजुङको आयोजनामा फागुन २ गते देखि ६ गते सम्म सो प्रतियोगिता संचालन हुने भएकोे हो ।

मंगलबार बेसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुराको जानकारी गराइएको हो । आयोजक क्लबका अध्यक्ष नबराज गुरुङले पmुटबल प्रतियोगिताले खेलको विकासका साथै पर्यटकीयक गाउँ भएकाले गाउँको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताए । उनले गाउँमा गुरुङको कला सँस्कृति सबै भुजुङ गाउँमा पाउन सकिने भएकाले पनि पर्यटकलाई आकर्षित गर्ने बताए ।

गाउँको त्रिभुवन विद्याश्रम माध्यामिक विद्यालयको खेलमैदान हुने उक्त प्रतियोगिताका प्रथम हुने टिमलाई १ लाख पाच रुपैयाँ, स्वर्ण पदक र लालीगुराँस कप, दोस्रो हुने टिमलाई ५० हजार ५ रुपैयाँ, रजत पदक र लागीगुराँस कप वितरण गरिने लागीगुराँस युवा क्लब भुजुङका अध्यक्ष गुरुङले बताए । उनका अनुसार सो प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टिमलाई १०/१० हजार रुपैयाँ पुरस्कार दिइने छ ।

उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५/५ हजार नगद र मेडल प्रदान गरिने छ । त्यस्तै, अनुसाशित टिमलाई ट्रफी दिइने आयोजकले जनाएको छ । सो प्रतियोगितामा १५ टिमले सहभागिता जनाउने आयोजकको अनुमान रहेको छ ।

त्यस्तै, सो क्लबले पुरुष खुल्ला डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरेको छ । सो प्रतियोगितामा प्रथम टिमले हुनलाई १० हजार रुपैयाँ र द्वितिय हुने टिमलाई ५ हजार प्रदान रुपैयाँ गरिने भएको छ । सो प्रतियोगितामा ६/६ जनाको टिम हुने बताइएको छ ।

साथै, पुरुष खुल्ला छेलो प्रतियोगिता पनि संचालन हुन लागेको छ । सो प्रतियोगितामा प्रथम हुने व्यक्तिले १ हजार ५ सय र दोस्रो हुनेले १ हजार रुपैयाँ पाउने छन् ।