काठमाडौं, १५ माघ । मुख्यमन्त्रीबाहेक मन्त्रिपरिषदमा दुई दलका दलतर्फबाट ७०/३० को अनुपातमा सहभागी गराउने दुई दलको सहमति छ ।
‘मुख्यमन्त्रीबाहेकका प्रदेश मन्त्रिपरिषद् सदस्य संख्याको बाँडफाँड गर्दा एमाले ७० प्रतिशत र माओवादी केन्द्रको ३० प्रतिशत कायम गरिनेछ,’ कार्यदलले टुंग्याएको सहमतिमा भनिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यस्तै, मन्त्रीहरूको कार्यविभाजन र संसदीय समितिको नेतृत्वको बाँडफाँड सम्बन्धित प्रदेशका मुख्यमन्त्री र दुवै पार्टीका प्रदेश सभा दलका नेताहरूको सहमतिमा गर्ने समझदारी भएको छ ।












प्रतिक्रिया