१ कार्तिक २०८३, आइतबार

बिमल घर्तीमगरले पाए भारतीय क्लवमा आकर्षक अवसर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । नेपाली फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगरले भारतीय क्लवमा अवसर पाएका छन् ।

भारतको कोलकत्तास्थित मोहन बगाल क्लवमा अनुबन्धित भएका बिमल आइतबार कोलकत्ता पुग्दैछन् । क्लवले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ ।

बिमलले सोमबारबाटै अभ्यास शुरु गर्ने क्लवले जनाएको छ । यद्यपि अनुबन्धको रकमबारे केही बोलिएको छैन् ।

नेपाली फुटबल टिमका गोलकिपर किरण चेम्जोङ पनि केही समय अघि मात्र इण्डियन लिग बिजेता मिनेर्भा क्लवमा अनुबन्धित भएका थिए । यस्तै, अर्का खेलाडी रोहित चन्द इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट खेलिरहेका छन् ।