१४ कार्तिक २०८३, शनिबार

एमालेका यी नेताहरू मुख्यमन्त्रीमा भिड्ने

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । एमालेका अधिकांश मुख्यमन्त्रीका दाबेदार नेताहरूले प्रदेश संसदीय दलको नेतामा चुनावी प्रतिस्पर्धाको तयारी गरिरहेका छन् ।

स्थायी समितिको निर्णयविनै प्रदेश ५ मा दलको नेता चुनिएकाले अधिकांश दाबेदार चुनावमा भिड्ने मनस्थितिका साथ सम्बन्धित प्रदेशमै खटिएका छन् ।

दाबेदारहरू अष्टलक्ष्मी शाक्य, भीम आचार्य, शेरधन राई, राजेन्द्रप्रसाद पाण्डे, पशुपति चौलागाईं, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङलगायत अधिकांश आकांक्षी फिल्डमै क्रियाशील छन् ।

‘स्थायी समितिमा पनि व्यक्तिको नाममा विवाद हुन्छ, त्यसैले विगतको अभ्यासलाई हेर्दा कसलाई दलको नेता भनेर निर्णय गर्ने सम्भावना अत्यन्त कम छ,’ एक पदाधिकारीले भने, ‘पार्टी नेतृत्व पनि समझदारी बनाउने पक्षमा देखिन्न, आन्तरिक चुनाव हुने कुरा एमालेमा अनौठो नभएकाले अधिकांश साथीहरू फिल्डमै खटिनुभएको छ ।’