१ कार्तिक २०८३, आइतबार

प्रथम बुद्धभूमि महोत्सव सुरु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– माधव बेल्वासे
कपिलवस्तु , १२ माघ । कपिलवस्तु बुद्धभूमि नगरपालिका इमिलियामा प्रथम वुद्धभुमि महोत्सव शुक्रवारदेखि सुरु भएको छ । महोत्सवको उदघाटन गर्दै कपिलवस्तु प्रतिनिधि सभा १ का सांसद चक्रपाणि खनाल बलदेवले कपिलवस्तु जिल्ला एक एतिहासिक र पर्यटकीय क्षेत्र रहेको बताए ।

गौतम बुद्धको जनस्थल रहेको जिल्लामा रहेका पर्यटकीय स्थलहरु को प्रचारप्रसार नहुँदा आझेलमा परेको बताए । जिल्लामा खेती योग्य जमिन धेरै भएपनि सिँचाईको अभावले कृषकहरु मर्कामा परेको उनले बताए । जिल्लाका सम्पुर्ण समस्याहरुलाई आफुले नजिकवाटै हेरेको र आफले चुनावको बेला गरेका प्रतिबद्धता जसरी भएपनि पुरा गर्ने प्रतिबद्धता जनाए । पछिल्लो समयमा मेला महोत्सवले पनि स्थानिय कृषि उपज, व्यापार व्यावसायमा विकास, पर्यटकीय स्थलको प्रवर्द्धन गरिरहेको सन्दर्भमा कपिलवस्तुको बुद्धभुमी स्थानमा पहिलो पटक महोत्सव लगाउने जर्मक गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै बुद्धभूमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले नगर क्षेत्रको पर्यटकीय विकास, व्यवसायको वृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि महोत्सव गरेको बताए । लामो समयदेखि सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको जनआर्दश सामाजिक केन्द्रले यसको अगुवाई गरेकोमा धन्यवाद दिए । मेयर श्रेष्ठले बुद्धभूमी क्षेत्रको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासको लागि महोत्सव ले टेवा पु-याउने बताए ।

महोत्सवमा स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन प्रबर्द्धन, आधुनिक कृषि प्रविधिको प्रस्तुति, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी गरिएको छ । महोत्सवमा १ सय ५० स्टल रहने छन् भने रमाइलोका लागि विभिन्न खेल, डान्स आइडियल तथा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव माघ २१ गते सम्म चल्ने छ ।