१ कार्तिक २०८३, आइतबार

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १२ माघ । आन्तरिक राजश्व कार्यालय, दाङले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा ८५ करोड २६ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा २२ करोड ७२ लाख ५४ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको हो ।

राजश्व कार्यालयले छ महिनाको अवधिमा ६२ करोड ५४ लाख १७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्यालयले सबैभन्दा बढी आय करतर्फ ३५ करोड ३२ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । छ महिनाको अवधिमा आय करतर्फ २५ करोड ७४ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ २८ करोड ६३ लाख ९७ हजार, अन्तः शुल्क कर १३ करोड २३ लाख ९० हजार, बहाल कर पाँच करोड ८२ लाख ४८ हजार, स्वास्थ्य सेवा कर ३६ लाख २६ हजार तथा शिक्षा सेवा करतर्फ ६३ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत उदयराम केसीले जानकारी दिए ।

कार्यालयले लक्ष्यभन्दा बढी कर संकलन हुनुमा व्यवसायीले समयमै कर बुझाउनुपर्छ भन्ने चेतनाको विकासका साथै कार्यालयको सक्रियता भएको जनाएको छ । त्यस्तै यसवर्ष कार्यालयले ठूला करदाताको घरमा नै पुगी पुस मसान्तसम्मको कर किस्ता दाखिलाको लागि पहलकदमी गरेको छ । आन्तरिक राजश्व कार्यालयमा हाल साना ठूला गरी ३० हजार करदाता रहेका छन् । –रासस