काठमाडौँ –पुर्व मिस नेपाल माल्भिका सुब्बाले मारवाडी युवा युवतीको प्रतिभा निखार्ने भएकी छन् । उनले ‘फेस अफ मारवाडी’ प्रतियोगीता मार्फत उनीहरुको प्रतिभा निखार्ने भएकी हुन् ।
पेजथ्रि हट कल्चरले मारवाडी समुदायको युवा युवतीको व्याक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र विस्तार गर्ने उद्देश्यका साथ मारवाडी समुदाय लक्षित सौन्दर्य प्रतियोगीता ‘फेस अफ मारवाडी’ आयोजना गर्ने भएको छ । जसको कोरियोग्राफरमा पुर्व मिस नेपालसमेत रहेकी माल्भिका फाइनल भएकी हुन् ।
आयोजक पेजथ्रि हट कल्चरले बिहिबार एक बिज्ञप्ती जारी गर्दै ‘फेस अफ मारवाडी’को आवेदन खुल्ला भएको जानकारी गराएको हो । १६ देखि २८ वर्ष उमेर समूहका मारवाडी युवा युवतीले प्रतियोगीताका लागि आवेदन दिन सक्नेछन् । पेजथ्रि हट कल्चरको कार्यलय नक्साल तथा सिटीसेन्टरबाट आवेदन फर्म उपलब्ध हुने आयोजकले जनाएको छ ।
प्रतियोगीताको पहिलो चरणको अडिसन आगामी १७ फेब्रुअरीदेखि ३ मार्चसँग हुनेछ । पहिलो चरणको अडिसन काठमाडौ, बिराटनगर, वीरगञ्ज, बिर्तामोडलगायतका स्थानमा हुने आयोजकले जनाएको छ । प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई मात्र सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सेलिङलगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने पेजथ्रि हट कल्चरकी प्रमुख रेखा मोदी मित्रुकाले जानकारी दिइन् ।
प्रतियोगीताको अन्तिम स्पर्धा आगामी ७ अप्रिलमा राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ । प्रतियोगीतामा शीर्षसहित विभिन्न आधा दर्जन बिधामा बिजेता छानिने आयोजकले जनाएको छ ।















प्रतिक्रिया