शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

महात्माले गरे मन्दिरभित्रै आत्महत्या

दैनिक नेपाल २०७४ माघ ९ गते १९:००

बाजुरा, ९ माघ । श्री ८ महात्माको नामले परिचित देव गिरीले मन्दिर भित्र आत्महत्या गरेका छन् । आफैले निर्माण गरेको त्रिवेणी नगरपालिका कैलाशमाडौँको डाँडामा रहेको शिवको मिन्दर भित्रै गिरीले आत्महत्या गरेका हुन् ।

६० वर्ष पुगेका गिरीले गोठछानामा आगजनी गरि मन्दिरमा गई आत्महत्या गरेका हुन् । लामो समयदेखि धर्मकर्ममा लागेका गिरी शिव भक्तको रुपमा परिचित थिए । गिरी पछिल्लो बुढीगंगा नगरपालिका–६ बार्जुगाडमा बसोबास गर्दै आएका थिए ।

राजपरिवारसँग नजिक रहेको र राजाको शासन आउनु पर्नेमा वकालत गर्दै आएका गिरीले आत्म हत्या गर्नु अघि गोठमा बाँधिएका गाईगोरु, भैसी र घोडालाई एकै ठाउँमा बाँधेर आगो लगाएको बताईएको छ । गिरी कैलाश देवताको मन्दिर नजिकै आफैले बनाएको शिव मन्दिर बाहिर चप्पल राखेर भित्र डोरीमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताएका छन् ।

शन्की र रिसाह प्रवृत्तिमा गिरी हातमा त्रिशुल बोकेर हिँडेर र राजतन्त्रको गुणगानसहितको राजनीतिक प्रचार गर्दै आएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका गिरीको आत्म हत्याको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

विहान १० बजे पछि प्रहरी टोली पुगेर घटना स्थल प्रतिवेदन तयार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ । पोष्टमार्टम पछि गिरीको शवलाई परिवारको जिम्मा लगाइने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित