शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

शरद गौचनलाई गोली हान्ने मुख्य सुटर पक्राउ

दैनिक नेपाल २०७४ माघ ९ गते १२:१७

काठमाडौँ, ९ माघ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्यामा संलग्न मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुटर श्याम लामा ‘गुम्बे’लाई सोमबार राति ११ वजे चितवनबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

गुम्बे नेपाल आर्मीको कालिबक्स गणबाट भागेका ‘भगौडा आर्मी’ हुन् । गुन्डा नाइके समिरमान सिंह बस्नेतको योजनामा पूर्व सैनिक गुम्बेले गोली चलाएको सिंहले बयानमा भनेका थिए । समिरमानलाई प्रहरीले गत मंसिर १७ गते पक्राउ गरेका थियो । चितवनबाट धादिङ हुँदै गौचनलाई गोली हान्न गुम्बे काठमाडौँ आएका थिए ।

राजधानीको नयाँ बानेश्वरस्थित खरिबोट चोकमा असोज २३ गते दिउँसै व्यावसायी गौचनको गोली हानी हत्या भएको थियो । उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गाडीमा गोली प्रहार गरेका थिए । हत्यामा संलग्न मुख्य योजनाकार समिरमानसहित राजीव स्याङ्तान, शिवजी महतो मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित