४ कार्तिक २०८३, बुधबार

वेविसा र बिपासना बने ‘लिटिल स्टार अफ द इयर’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ‘लिटिल स्टार अफ द इयर–१०१८’को उपाधि वेविसा भण्डारी र बिपासना थापाले जितेका छन् । काष्ठमण्डब स्कुलकी वेविसाले (ग्रुप–ए) र एनआइसी एमेडेमीमा अध्यायनरत बिपासना (ग्रुप–बि) तर्फको बिजेता बन्न सफल भएका हुन् ।

दुबै बिजेताले १० हजार नगद, ब्लुक्रस अस्पतालको तर्फबाट १ बर्ष निशुल्क स्वास्थ चेकपरिक्षणका साथै बिभिन्न गिफ्ट ह्याम्पर समेत जितेका छन् । ७० बालबालिकाले अन्तिम स्पर्धा गरेको प्रतियोगीतामा आयोजकले ५ देखि ९ बर्षसम्मका बालबालिकालाई ग्रुफ (ए) र १० बर्ष देखि १२ बर्षसम्मका बालबालिकालाई ग्रुप (बि) गरेर विभाजन गरेको थियो ।

आइतबार अबेर साँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा ग्रुप (ए) तर्फ विश्वास शर्मा फष्ट रनरअफ, असियाना श्रेष्ठ सेकेण्ड रनरअफ, आलिया पन्त थर्ड रनरअफ र दिया भट्ट फोर्थ रनरअफ चुनिदा ग्रुप (बि) तर्फ क्रमश सानमी वस्ती, दिव्यम्यास खड्का, दृष्टा सिंह, समिरा श्रेष्ठ, रिजिस्मा बोगटी क्रमशः फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्थ रनरफ घोषित भए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भविष्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले प्रतियोगीता गत वर्षबाट आयोजना गर्न थालिएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार वीरेन्द्र हमाल, जीवन गिरीलगायतको विभिन्न प्रशिक्षणसहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए । अभिनेता धिरन शाक्य, ज्योत्स्ना योगी, नरेन खड्का, हिमानी सुब्बा खड्का, अक्षयजंग रायमाझी, असिम शाह, एसआर गहतराज, गीता पुरीलगायत अन्तिम स्पर्धामा निर्णायक रहेका थिए ।