४ कार्तिक २०८३, बुधबार

‘मिस नेपाल २०१८’ को आवेदन खुला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौँ । २३ औँ संस्करणको ‘मिस नेपाल–२०१८’ को आवेदन खुला गरिएको छ । आयोजक ‘द हिडेन ट्रेजर’ले काठमाडौँमा पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो ।

मिस नेपाल प्रतियोगितामा १९ वर्षदेखि २५ वर्षसम्मका अविवाहित तथा बच्चा नजन्माएका युवतीहरू सहभागी हुन सक्नेछन् । मिस नेपाल प्रतियोगितामा सहभागी हुन ५.४ इन्चभन्दा बढी उचाइ भएका, नेपाली नागरिकता र पासपोर्ट भएको तथा प्लसटु पास गरेको हुनपर्छ ।

मिस नेपालको अडिसन फेब्रअरी ४ देखि १० सम्म देशका ८ प्रमुख सहरहरू वीरगञ्ज, धनगढी, विर्तामोड, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जमा गरिनेछ । फेब्रुअरी १७ मा काठमाडौँमा अन्तिम छनोट हुनेछ ।

मिस नेपाल २०१८ मा सहभागि हुन चाहने प्रतियोगिहरूले मिस नेपालको आधिकारिक वेवसाइट मिस नेपाल डटकम डटएनपीमा गएर फर्म भर्न सक्ने बताइएको छ । अन्तिम छनौटमा बढिमा २० जना प्रतियोगि छनौट हुने आयोजकले बताएको छ ।