लण्डन, ८ माघ । स्पानिस ला लिगामा लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई ५–० ले पराजित गरेको छ ।
घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेसी र लुइस सुवारेजले दुई दुई गोल गरे । यस्तै इभान राकिटिचले एक गोल गरे ।
पाँचै गोल बर्सिलोनाले दोस्रो हाफको अन्तिम ३१ मिनेट भित्र गरेको थियो । राकिटिचले ५९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा मेसीले ६४औँ र ८०औँ मिनेटमा गोल गरे भने सुवारेजले ६९औँ र ८९औँ मिनेटमा गोल गरे ।
जितपछि ला लिगाको एक्लो अपराजित टोली बार्सिलोनाले २० खेलबाट ५४ अंक जोड्दै दोस्रो स्थानको एथ्लेटिको मड्रिडमाथि ११ अंकको अग्रता बनाएको छ ।
यस सिजन बार्सिलोनाले ला लिगामा १७ खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ । – एजेन्सी















प्रतिक्रिया