शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

विशेष महाधिवेशनबाट देउवाले नेतृत्व छाड्नु पर्छः रामचन्द्र पौडेल

दैनिक नेपाल २०७४ माघ ८ गते ९:२८

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई परिवर्तन गरेर जानुपर्छ भन्दै विशेष महाधिवेशन वा अर्ली महाधिवेशनमार्फत शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्नेमा जोड दिएका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमला कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै युवा पुस्ताका नेताहरू कराउने धेरै तर काम थोरै गर्ने गरेको आरोप पौडेलले लगाए । व्यवहारिक रुपमा पार्टीलाई सुधारको बाटोमा लैजान युवा पुस्ताले नसक्ने उनको जिकिर थियो ।

कार्यसम्पादन समिति र संसदीय बोर्ड विघटन गर्न माग गर्दै यदि नगरिए बैठकमा सहभागी नहुने चेतावनी पौडेलले दिए । कांग्रेसभित्र गुटले जरा गाडेको भन्दै पौडेलले गुटको अन्त्य गर्न नसकिनेसमेत बताए ।

प्रतिक्रिया
सम्बन्धित