४ कार्तिक २०८३, बुधबार

नरेन्द्र मोदीविरुद्ध उत्रिए चर्चित बलिउड अभिनेता प्रकाश राज

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित अभिनेता प्रकाश राजले सरकार र भाजपाको नेतृत्व, केन्द्रीय मन्त्री अनन्त कुमार हेग्डे र ‘अभिव्यक्ति स्वतन्त्रतामाथि हमलाको कुरा उठाउने’ समूहप्रति लक्षित गर्दै आफू हिन्दू विरोधी नभएर ‘मोदी विरोधी, अमित शाहविरोधी र हेग्डेविरोधी’ भएको बताएका छन् ।

लोकप्रिय दक्षिण भारतीय फिल्म स्टारले ‘इडिया टुडे साउथ’ सम्मेलनको सिलसिलामा यो कुरा बताएका हुन् । उनको यो बयानमा भाजपाको तेलगांना इकाइका प्रवक्ता कृष्ण सागर रावको तर्फबाट तिखो प्रतिक्रिया दिएका छन् ।

प्रकाश राजले भने, ‘तिनीहरू म हिन्दू विरोधी भएको बताउँछन् । होइन । म (नरेन्द्र) मोदीविरोधीे, म हेग्डेविरोधी, अमित शाहविरोधी हुँ । उनीहरू हिन्दु होइनन् । एउटा वाद, एउटा धर्मलाई संसारबाट निमिट्यान्न पार्ने कुरा गर्ने अनन्त कुमार हेग्डे हिन्दू हुन सक्दैनन् ।’

उनले भनेका छन्, ‘हत्याको पक्ष लिने व्यक्ति हिन्दु हुन सक्दैन ।’ यस दौरान भाजपाका प्रवक्ता आफ्नो ठाँउमा उठे र मोदी र शाहको बारे प्रकाश राजले गरेको टिप्पणीलाई लिएर आपत्ति प्रकट गरे ।

प्रकाश राजले कार्यक्रममा ‘पदमावत’को रिलिज प्रतिबन्ध गर्ने राज्य सरकार र यसको रिलिजको विरोध गर्ने समूहप्रति पनि आक्रोश व्यक्त गरे ।

प्रकाश राजले केही आफूले भाजपाको नेता हेग्डेको विरोध गरेको स्थानलाई भाजपा कार्यकर्ताद्वारा कर्नाटकमा गौमूत्रले ‘शद्ध गरेको’ पनि उल्लेख गरे ।

यसपछि उनले भने, ‘मेरो प्रधानमन्त्रीले आफ्नो मन्त्री, निर्वाचित नेतालाई एउटा धर्मलाई संसारबाट नष्ट गर्ने कुरा गर्न दिन हुन्न । यो हिन्दूत्व होइन । यदि मेरो प्रधानमन्त्रीले आफ्नो मन्त्रीलाई चुप रहन भन्दैनन् भने म भन्छु कि प्रधानमन्त्री पनि हिन्दू होइनन् ।’ – एजेन्सी