१ कार्तिक २०८३, आइतबार

आफ्नो खातामा अब जुनसुकै बैंकमा पनि पैसा जम्मा गर्न पाइने

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जुनसुक्र बैंकबाट आफ्नो खातामा पैसा जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंककको निर्देशनसँगै अबदेखि जुनसुकै बैंकबाट पनि आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिनेछ ।

मौद्रिक नीतिमार्फत घोषणा गरेको यो सुविधा कार्यान्वयनमा ल्याउन आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

अर्को बैंकको खातामा रकम जम्मा गर्न आउने ग्राहकसँग बैंकले आवश्यक शुल्क लिने छन् । राष्ट्र बैंकले सेवाग्राहीलाई पूर्व जानकारी गराएर शुल्क लिन बैंकहरूलाई छुट दिएको छ ।

अन्तर बैंक भुक्तानी प्रणालीमार्फत सेवाग्राहीले अर्को बैंकमा गएर आफ्नो खातामा रकम जम्मा गर्न सक्ने भएका हुन् । यस व्यवस्थाबाट विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई सजिलो हुनेछ ।

अर्को बैंकमा गएर रकम जम्मा गर्न सकिने भए पनि रकम झिक्न भने आफ्नो खाता भएकै बैंक वा त्यो बैंकको शाखामा जानु पर्ने छ ।