शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

बामदेवले पाए महत्वपूर्ण जिम्मेवारी

दैनिक नेपाल २०७४ माघ ७ गते १९:२४

काठमाडौँ, ७ माघ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता संयोजन समितिको बैठकले एमाले नेता बामदेव गौतमलाई महत्पूर्ण जिम्मेवारी सुम्पेको छ ।

बैठकले गौतमलाई अब बन्ने बाम गठबन्धनको सरकारका लागि विकास र सुशासनको कार्ययोजनाहरु तय गर्नको लागि बनाइएको समितिमा संयोजकको जिम्मेवारी दिएको हो ।

गौतम संयोजक रहने सो समितिमा गिरिराजमणि पोखेरल, वर्षमान पुन, भीम रावल, विजय पौडेल, युवराज खतिवडा र मिनबहादुर श्रेष्ठ सदस्य रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित