शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

सकियो एमाले-माओवादीको बैठक, के–के भए निर्णय ?

दैनिक नेपाल २०७४ माघ ७ गते १८:३८

काठमाडौँ, ७ माघ । वाम गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारको प्रदेशगत भागबन्डा अनुमोदन गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ ।

बैठकले राष्ट्रिय सभामा एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने विषयलाई अनुमोदन गरेको हो । एकतालाई मूर्तरुप दिनका लागि कार्यदल सहितको वाम एकता संयोजन समितिको बैठक बसेको थियो ।

यसका साथै बैठकले अब बन्ने बाम गठबन्धनको सरकारका लागि विकास र सुशासनको कार्ययोजनाहरु तय गर्न एमाले नेता बामदेव गौतमको संयोजकत्वमा एउटा समिति बनाउने पनि निर्णय गरेको छ । समितिमा गिरिराजमणि पोखेरल, वर्षमान पुन, भीम रावल, विजय पौडेल, युवराज खतिवडा र मिनबहादुर श्रेष्ठ रहने बताइएको छ ।

पार्टी एकताको विषयमा बैठकमा छलफल भएपनि ठोस् निर्णय भने हुन सकेन । यसको बारेमा ओली र प्रचण्डले थप गृहकार्य गर्ने बताइएको छ । त्यस्तै, एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद र माओवादीले अगाल्दै आएको माओवादलाई संयोजन हुने गरी एकीकृत पार्टीको सैद्धान्तिक आधार तयार पार्ने विषयमा थप छलफल गर्ने पनि संयोजन समितिको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित