१ कार्तिक २०८३, आइतबार

एथ्लेटिको मड्रिट जिरोनासँग बराबरीमा रोकियो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ माघ । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिड जिरोनासँग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एथ्लेटिकोले बराबरी खेलेको हो । एथ्लेटिकोका लागि एन्टोनी ग्रीजम्यानले एक गोल गरे । जिरोनाका क्रिष्टियन पोर्टूले बराबरी गोल फर्काए ।

पहिलो हाफको ३४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाए । तर, दोस्रो हाफको ७३ औं मिनेटमा क्रिष्टियनले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन् सकेन र खेल १ – १ को बराबरीमा सकिएको ।

यो बराबरीसँगै एथ्लेटिकोले लिगको शिर्ष स्थानको बार्सिलोनाविरुद्ध अंक घटाउने मौका गुमाएको छ । लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिकोको ४३ अंक छ । एथ्लेटिको बार्सिलोनाभन्दा अझै १० अंकले पछि छ । बार्सिलोनाको ५१ अंक छ । पराजित जिरोना २७ अंक जोडेर लिगको आठौं स्थानमा छ ।

स्पेनिस ला लिगा अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा सेभियाले स्पानियोललाई ३ – ० ले हराएको छ । त्यस्तै भिल्लारियलले लेभान्टेलाई २ – १ ले हराउदा लास पालमसले पनि भ्यालेन्सियालाई २ – १ ले हराएको छ । – एजेन्सी