१ कार्तिक २०८३, आइतबार

अवैधानिक रुपमा सञ्चालित बालुवा उद्योगको विद्युत काट्न निर्देशन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ७ माघ । धादिङमा अवैधानिक रुपमा सञ्चालन भईरहेका बालुवा उद्योगमा तत्काल विद्युत काट्न स्थानीय प्रशासनले जिल्लास्थित विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ ।

जिल्लाका विभिन्न स्थानमा अवैधानिक रुपमा सञ्चालन भईरहेका बालुवा धुने उद्योगमा फिरफिरे यन्त्र सञ्चालन गर्न जडान गरिएको विद्युत्त तत्काल काट्न प्रशासनले जिल्लास्थित प्राधिकरणलाई निर्देशन दिएको हो ।

घरायसी प्रयोजन भनेर विद्युत्त लाइन जडान गर्ने, उद्योग दर्ताका लागि एउटा कित्ताको लालपुर्जा देखाएर अर्कै ठाउँमा उद्योग स्थापना गर्ने गरेको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले यस्ता उद्योगको अनुगमन गरी अवैधानिक देखिए तत्काल विद्युत्त लाईन काट्न निर्देशन दिनु भएको हो ।

बालुवा धुने उद्योग र नदीमा मिसाईएको धमिलो पानीले प्रदूषण बढ्नुका साथै नदीमा यन्त्र प्रयोग गर्दा वातावरणमा असर गरेकाले जिल्ला प्रशासन कार्यालयले नदी सफा गर्न उद्योगलाई निर्देशन दिएको छ ।

बालुवा धुने उद्योगको अनियमित गतिविधिका कारण वातावरण संरक्षणमा समस्या आएको जनगुनासो बढेपछि स्थानीय प्रशाासनले सबै गतिविधि रोक्न सरोकारवाला जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई निर्देशन दिएको हो ।

धादिङको गल्छी, गजुरी, सिद्धलेक, बेनिघाट रोराङ र जोगिमारा गाउँपालिकामा ७२ वटा उद्योग दर्ता गरिएको भएपनि अवैध रुपमा एक सय भन्दा बढी फिरफिरे सञ्चालनमा छन् ।

सेवामूलक उद्योगका रुपमा दर्ता भएका फिरफिरे दर्ता गर्दाको बखतमा भनिएको जग्गामा भए नभएको पत्ता लगाउन प्रमुख जिल्ला अधिकारी भण्डारीले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।

हरेक महिनाको ५ गते नियमित रुपमा बस्ने गरेको जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको बैठक अन्र्तगत शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ भण्डारीले सो निर्देशन दिनु भएको हो ।