४ कार्तिक २०८३, बुधबार

कति कमायो ‘मिस्टर झोले’ले ? कमाइ दुई करोड नाघ्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाँस्य फिल्म ‘मिस्टर झोले’ले पहिलो सातामा साढे दुई करोडको कमाइ गरेको निर्माण पक्षले दाबी गरेको छ ।

पहिलो दुई दिनमा फिल्मले १ करोड १० लाख कलेक्सन गर्न सफल भएको थियो । उपत्यकाबाट ७० लाख र उपत्यका बाहिरबाट ४० लाख ग्रस रहेको छ ।

आइतबार र सोमबार फिल्मले देशभरबाट ८४ लाख ग्रस कमाइ गरेको थियो । उपत्यकाबाट ४६ लाख र बाहिरबाट ३८ लाख छ ।

रामबुको नयाँ फिल्मबाट समिक्षकहरू त्यति खुशी नभए पनि दर्शकहरूले ‘मिस्टर झोले’को कमेडी पाटो र कलाकारलाई मनपराइरहेका छन् ।

फिल्ममा दयाहाङ तथा दीयाका अलावा वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

फिल्ममा दयाहाङ राई र दीया पुनको अभिनय छ । रामबाबु गुरूङद्वारा निर्देशित फिल्मलाई उनी आफैले कथा लेखन रहेको छ ।

निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।