४ कार्तिक २०८३, बुधबार

‘चङ्गा’मा हास्य कलाकार बुद्धि तामाङ हिरो

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हास्य चलचित्र ‘चङ्गा’मा अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा रहने भएका छन् ।

हाँस्य कलाकार किशोर भण्डारी (डिट्ठा साब)को निर्देशन रहने ‘चङ्गा’मा बुद्धिका अलावा कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

निर्देशक भण्डारीले विशुद्ध नेपाली मनोरञ्जनात्मक चलचित्रको रुपमा ‘चङ्गा’ बनाउन लागेको बताए ।

कमेडी जनरामा निर्माण हुने बताइएको चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डे हुन् । रिश्मा तिमल्सिना निर्मात्रीको रुपमा रहेकी छिन् । ११ जेष्ठ २०७५ मा प्रदर्शनमा आउने बताइएको चलचित्रमा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहनेछ ।