२९ आश्विन २०८३, बिहिबार

बहुविवाह नगरे जेल जानुपर्ने

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इरिट्रिया । संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानूनी व्यवस्था रहेको छ ।

इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका कारण यस्तो नियमलाई अनिवार्यता दिइएको हो । महिलाहरूले पनि बहुविवाहलाई समर्थन गर्नैपर्ने बाध्यतात्मक कानून बनाइएको छ । कुनै महिलाले पतिलाई दोस्रो विवाह गर्नमा रोक लगाए जन्मकैदसम्मको सजाय हुन सक्छ ।

संसारका महिला अधिकारीकर्मीहरूको विरोध हुँदाहुँदै पनि इरिट्रियामा एक वर्ष अगाडि उक्त कानून बनाइएको हो । यसबाट बहुविवाह गर्ने पुरुषहरूको संख्या बढेको छ । – एजेन्सी