४ कार्तिक २०८३, बुधबार

सलमानको बसाईबारे बुझ्न भाई सोहेल खान काठमाडौँमा

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दबङ इभेन्टका लागि मार्चमा नेपाल आउन लागेका बलिउडका सुपर स्टार नायक सलमान खानको भ्रमणको तयारीका लागि उनका भाई सोहेल खान काठमाडौँ आएका छन् । सोहेल एयर इन्डियाको एआई २१५ दिल्ली–काठमाडौँ उडानबाट शुक्रबार काठमाडौँ आएका हुन् ।

उनले सलमानको काठमाडौँ बसाईको बारेमा जानकारी लिने बताइएको छ । साथै उनले सलमानको भ्रमणका बारे पत्रकार सम्मेलन गरी जानकारी समेत दिने बताइएको छ ।

दबङ इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगिया यसअघि नै काठमाडौँमा छन् । दबङ इभेन्टमा सलमानको साथमा सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सेननलगायतका कलाकार नेपाल आउन लागेको बताइएको छ ।