१ कार्तिक २०८३, आइतबार

सगुनका संस्थापक गोविन्द गिरीको के कुरा पछ्याउँदै छिन बलिउड अभिनेतृ श्रद्धा कपुर (भिडियो)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नयाँदिल्लीको पाँचतारे होटल द ललितको विशेष रुपले सजाइएको हलखचाखच थियो । कार्यक्रम थियो, अमेरिकामा रहेका नेपालीले विकास गरेको सामाजिक इकमर्स साइट सगुनको मोवाइल एप सार्बजनिक  गर्ने । एप सार्बजनिकगर्न आउँदैथिइन् युवा पुस्ताकी ढुकढुकी बनेकी बलिउड अभिनेतृ श्रद्धा कपुर ।

अभिनेतृ श्रद्धाको उपस्थितिलाई छाँयामा पार्ने गरी कार्यक्रमको हिरो बनेका थिए सगुनका आर्किटेक्चर गैरआवासीय नेपाली गोविन्द गिरी । कार्यक्रमकी संचालक कुनै समयकी चर्चित कलाकार मन्दिरा बेदीले जव सगुनका संस्थापक गिरीलाई मन्चमा बोलाइन्, हल तालिले गुञ्जायमान भयो ।

गिरी नेपालको पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मे, हुर्केर पढाइका शिलसिलामा अमेरिका पुगेकाथिए । अमेरिकाको पेन्टागनमा सिस्टम इन्जिनियर भइसकेका उनले जागिर छाडेर सगुन डटकमको विकास गरेका थिए ।

सगुनले पछिल्लो समय विश्वका सूचना प्रविधी क्षेत्रको ध्यान तानेको छ । अमेरिकी सेयर बजारमा मिनीआइपिओ जारी गरेर चर्चामा आएको सगुनले यसका प्रयोगकर्तालाई आम्दानीको केही हिस्सा बाँड्ने महत्वाकांक्षी योजना अघि सारेको छ । त्यही सगुनले स्मार्टफोनका युजरलाई लक्षित गरी दिल्लीमा एण्ड्रोइड एप्लिकेसन सार्बजनिक गर्दै थियो ।

कार्यक्रममा सगुनका संस्थापक गिरीले यो एप्स मात्र नभइ सामाजिक अभियान भएको बताए । ‘यो अभियानले सामाजिक सञ्चालनमा रहेको नकारात्मक भावहरुलाई कम गर्न मद्दत गर्छ’उनले भने । गिरीको आइडियाले बलिउड अभिनेतृ श्रद्धासमेत प्रभावित भएकी रहिछन् । उनले गिरीलाई ‘यति उत्कृष्ट सोसियल प्लेटफर्मको विकास कसरी गर्नु भयो’ भनेर प्रश्न गरिन् । ‘मैले ध्यान गरेर यस्तो एप विकास गर्न सकेँ, गोविन्दले भने, ध्यान गर्दा मलाई सबै आइडिया आएको हो । गोविन्दको जवाफ सुनेर उनी केही बेर चकित भइन् । गोविन्दबाट प्रभावित भएकी श्रद्धाले भनिन्, ‘म पनि अब ध्यान गर्छु ।

कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता थियो । उनले दक्षिण एशिया ऋृषिमुनीहरुको तपोभूमी, ज्ञानभूमी र कर्मभूमी भएको उल्लेख गर्दै प्रविधिको क्षेत्रमासमेत यस क्षेत्रले पूनर्जागरण शुरु गर्नुपर्ने गिरीले बताए । ‘सगुनको प्रयास यस क्षेत्रको ज्ञानलाई पूनर्जागरण गर्दै वाँकी विश्वलाई योगदान दिने हो’ उनले भने ।

सगुनले सामाजिक सञ्जाल मार्फत भारत, नेपाल र अमेरिकालाई जोड्ने सेतु हुने संस्थापक गिरीको भनाइ थियो ।

यस अघि वेव भर्सनका रुपमा आएको सगुनले वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने गरी मोवाइल एप सार्बजनिक गरेको हो ।

प्रयोगकर्ताको गोपनियतालाई प्राथमिकता दिइएको एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियो लगायतका प्राप्त गर्नेले हेरीसकेछि आफैं डिलिट हुने विशेषता यसमा छ । सगुनका प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतीक्षा गरेको यस एपमा गरिएको च्याट, पठाइएको फोटो, भिडियो लगायतका कुनै सामग्रीको रेकर्ड बस्दैन । यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सनयसमा छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ ।

अलइनवन एप जस्तै छ सगुन । अर्थात् ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमै समाहित भएकाले एउटै पेजबाट धेरै किसिमका सुविधा पाउन सकिनेछ ।

जनवरी ९ मा डिल्लीमा भएको एप सार्वजनिक कार्यक्रमको भिडियोको मुख्य अंश यो भिडियोमा हेर्नुहोस ।

https://www.facebook.com/sagoon.incorp/videos/919534338204275/