
काठमाडौं । सांस्कृतिक पर्व माघे संक्रान्तिरमाघीको अवसरमा सोमबार शीतलनिवास निम्त्याइएका थिए, मुलुकका विशिष्ट पाहुना । अपराह्न तीन बजेको थियो । राष्ट्रपति भवन शीतलनिवासमा उपस्थित भिभिआइपी–भिआइपी सबै हराएको बस्तु फेला परे जसरी एकोहोरो नियालिरहेका थिए । राष्ट्रप्रमुखको कुर्सी खाली थियो, उपस्थित पाहुना उनको पर्खाइमा रहेका थिए । अचानक अगाडितिर उभिएका व्यक्ति हेर्दै एकोहोरो नजर लगाएपछि उपस्थित पाहुनालाई लाग्यो, राष्ट्रपति विद्यादेवी भण्डारी फरक शैलीमा समारोहमा आइपुगिन् । सौर्य दैनिकले समाचार छापेको छ ।
विशिष्ट पाहुनाको नजर परेपछि अन्य पाहुना कतै छेवैमा राष्ट्रपति त आएकी त होइनन् भन्दै पछाडि फर्कन थाले तर त्यस्तो थिएन । सबका नजर थिए, दौरा सुरुवाल अनि कालो टोपीमा सजिएका दुई र कोट, पाइन्ट र फरक टोपीमा सजिएका एक व्यक्ति । राष्ट्रपति भण्डारी समारोहस्थलमा आउने समयभन्दा केही अगाडि शीतलनिवासमा देखिएको दृष्य हो यो ।
उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवादेखि मन्त्री र भावी मन्त्रीहरूको नजर त्यतै थियो । जब उनीहरूले एकसाथ उभिएर मुस्कानसहित तस्बिर खिचाए, सांस्कृतिक पर्व माघे संक्रान्ति र माघीको अवसरमा राष्ट्रपति भवन शीतलनिवास पुगेका सबै उनीहरूलाई नै नियाल्न थाले । यसरी सबैको आकर्षण बन्ने व्यक्ति थिए, नेपाल प्रहरीका क्रमशस् पहिलो, दोस्रो र तेस्रो नम्बरमा बढुवा भएका तीन प्रहरी नायब महानिरीक्षक ९डिआइजी० सर्वेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की ।
नेपाल प्रहरीको भावी नेतृत्वको दौडमा सबैभन्दा अगाडि रहेका डिआइजीत्रय खनाल, खरेल र कार्की एकसाथ देखेपछि शीतलनिवासका पाहुनाका आँखा त्यतै गयो । शीतलनिवासमा सबैभन्दा पहिला पुगेका थिए खनाल । उनीपछि कार्की पुगे भने खरेल केही ढिला पुगे । खनाल र कार्की दौरा सुरुवाल अनि कालो कोटमा थिए भने खरेल कोट, पाइन्ट र फरक टोपीमा थिए । उपस्थित पाहुनाले मन्त्री र भावी मन्त्रीको नजर बुझे अनि सबैले एकआपसमा भन्न थाले, माथिको नजर भावी आइजीमा रहेछ, यिनैमध्ये हुने होलान् भावी आइजी ।
शीतलनिवास निम्त्याइएका पाहुनाबीच राष्ट्रपति समारोहमा नआउँदासम्म यही क्रम चलिरह्यो । तर, तिनै जना डिआइजी भने संकेत पाएर पनि केही बोलेनन, केवल दिए त मुस्कान । झन्डै १५ मिनेटको समय पाएका पाहुनाले तिनै जना डिआइजीलाई भावी आइजीका रूपमा सम्बोधन गर्दै बधाई दिए, सामूहिक होइन, एक्लाएक्लै । सबैले तिनै जनालाई ‘भावी आइजी’ भन्ने सम्बोधन गर्दै बधाई दिएका हुन् । शीतलनिवासको त्यो दृष्य सायद तिनै जनालाई जानकारी थियो । त्यसैले उनीहरू पनि निकै शतर्क देखिन्थे ।
डिआइजीत्रय खनाल, खरेल र कार्की जब एकसाथ उभिए, तस्बिरसँगै प्रश्न आयो, ‘सबका नजर भावी आइजी भन्दै यतै परिसकेछ, अब एकविरुद्ध अर्काको खेल सुरु हुन्छ त होला नि रु तिनै जनाले जवाफ फर्काए, ‘नो, नेभर, वी अल डिआइ आर क्यापेवल, आइजिपी हुनका लागि हामी तिनै जना योग्य छौँ, तर काममा विश्वास गर्छौं, काममै प्रतिस्पर्धा गर्ने हो, मित्रघात गर्दै विरोधमा लेखाउने वा टाङ लडाउने कामचाहीँ गरिन्न ।’ अर्को प्रश्न आयो, यी त सब भन्ने कुरा न हुन् जस्तै त होइन रु खनालले पहिलो मुख खोले, ‘कुनै शंका नगरौँ, कामका आधारमा जसले जित्छ, उही आइजिपी, बाँकी सब सफल बनाउने ब्याकबोन ।’ खरेल र कार्कीले पनि त्यही दोहोर्याए
डिआइजीत्रय खनाल, खरेल र कार्की जब एकसाथ उभिए, तस्बिरसँगै प्रश्न आयो, ‘सबका नजर भावी आइजी भन्दै यतै परिसकेछ, अब एकविरुद्ध अर्काको खेल सुरु हुन्छ त होला नि रु तिनै जनाले जवाफ फर्काए, ‘नो, नेभर, वी अल डिआइ आर क्यापेवल, आइजिपी हुनका लागि हामी तिनै जना योग्य छौँ, तर काममा विश्वास गर्छौं, काममै प्रतिस्पर्धा गर्ने हो, मित्रघात गर्दै विरोधमा लेखाउने वा टाङ लडाउने कामचाहीँ गरिन्न ।’ अर्को प्रश्न आयो, यी त सब भन्ने कुरा न हुन् जस्तै त होइन रु खनालले पहिलो मुख खोले, ‘कुनै शंका नगरौँ, कामका आधारमा जसले जित्छ, उही आइजिपी, बाँकी सब सफल बनाउने ब्याकबोन ।’
शीतलनिवासले पत्याएर निम्त्याएको तीन डिआइजी प्रवेशदेखि बाहिरिँदासम्म चर्चामै रहे । यता पहिलोपटक प्रधानमन्त्री देउवाको मुहारमा निकै मलिन थियो । राष्ट्रपति भण्डारीको सामुन्नेमै कुर्सीमा रहेका देउवामा निकै असहजता देखिन्थ्यो । उपराष्ट्रपति पुन भने हँसिलो मुहारमा उपस्थित थिए ।












प्रतिक्रिया