काठमाडौं, १ माघ । नयाँ सरकार गठन र निर्वाचनको अन्तिम नतिजा सार्वजनिक लगायतका विषयमा टेलिभिजनको बहस कार्यक्रममा एमालेका स्थायी समिति सदस्य केशव बडाल आक्रोशित भएपछि अवस्था असहज भएको छ ।
पत्रकार ऋषि धमलाले संचालन गर्ने कार्यक्रम ‘धमलाको हमला’मा एमाले नेता बडाल र वाणिज्यमन्त्री विश्वकर्माबीच झण्डै हातहालाहालको अवस्था सृजना भएको हो ।
सरकारले अहिल्यै राजीनामा दिनुपर्ने वा प्रक्रिया पूरा गर्नुपर्ने भन्ने विषयलाई पत्रकार धमलाले मन्त्री विश्वकर्मा, एमालेका नेता बडाल र संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई बहसमा ल्याएका थिए । तर, बडाल र विश्वकर्माबीचमा कुरा बाझिदै जाँदा स्थिती तनावपूर्ण बनेको थियो ।
जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सरकार छोड्ने प्रक्रिया पूरा गरेर मात्रै हस्तान्तरण गर्ने कुरा भन्दै गर्दा एमालेका नेता बडाललाई ‘कुरा नै नबुझी गाउँले पाराले तर्क दिएको’ भनेर आरोप लगाएपछि नेता बडाल आक्रोषित बनेका थिए । सोही विषयमा झण्डै दुई नेताबीच पाँच मिनटसम्म चर्काचर्की भएको थियो ।
बडालले शब्द फिर्ता लिएर माफी माग्न लगाएका थिए । मन्त्री विश्वकर्माले आफूले बोलेको कुरा सही भएको जिकिर गर्दै न त माफी माागे न फिर्ता नै लिए । त्यसपछि बडाल झन आक्रोषित बन्दै हात नै हालौँलाको अवस्थामा पुगेका थिए ।













प्रतिक्रिया