१ कार्तिक २०८३, आइतबार

कार्डबाट बिल तिर्दा फाइदै फाइदा, बैंकले ल्यायो आकर्षक अफर

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० पुस । नेपाल इन्भेष्टमेन्ट बैंक तथा बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकले संयुक्तरुपमा कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना ल्याएका छन् ।

अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी कार्डका ग्राहकले हरेक सामान/सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना ल्याएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकको पहलमा नेपालमा यस प्रकारको योजना थालिएको इन्भेष्टमेन्ट बैंकका कार्ड विभाग प्रमुख रिना चन्दले जानकारी दिनुभयो ।

नेपाली समाजमा नगद बिना नै कारोबार गर्न सकिने र ग्राहकमा भिसा डेबिट/क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिन ग्राहकको खातामा सिधै नगद फिर्ता हुने विशेष प्रकारको योजना ल्याएको सानिमा बैंकका इ–बैंकिङ प्रमुख बिक्रम श्रेष्ठले उल्लेख गर्नुभयो ।

यस योजनामा सहभागी हुन न्यूनतम रु ५०० को कारोवार ग्राहकले गर्नु पर्नेछ । एकदेखि तीन पटकसम्मको कारोबारमा दुई प्रतिशत वा अधिकतमा रु १००, चार देखि १५ पटकसम्मको कारोबारमा पाँच प्रतिशत वा अधिकतमा रु २०० तथा १६ देखि ३० पटकसम्मको कारोबारमा सात प्रतिशत वा अधिकतमा रु ५०० र ३१ देखि ५० पटक सम्मको कारोबारमा १० प्रतिशत वा अधिकतमा रु १००० नगद फिर्ता पाउने व्यवस्था गरिएको छ ।

यस योजनाबाट सेन्चुरी कमर्सियल बंैक, ग्लोबल आइएमइ बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, एनसिसी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिज्म डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ता लाभान्वित हुने छन् । रासस