१४ कार्तिक २०८३, शनिबार

डा.गोविन्द केसीको पछिल्लो बयानले तरङ !

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । डा.गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक र नागरिकता प्रमाणपत्र छानविन गर्नुपर्ने आफ्नो माग बमोजिम सर्वोच्च अदालतबाट आएको आदेश सकारात्मक भएको बताएका छन् ।

पराजुलीले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपि तथा उनको उमेर सम्बन्धमा न्यायपरिषदबाट भएको निर्णय झिकाउन आदेश दिएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

इजलासले पुस २३ मा डा. शशि शर्माको मुद्दामा सर्वोच्चले दिएको फैसलाप्रति मिसिल झिकाउन पनि आदेश दिएको छ ।