मुम्बई । बलिउड निर्देशक संजयलीला भन्सालीको फिल्म ‘पद्मावत’ जनवरी २५ मा प्रदर्शन हुने भएको छ । लामो समयको विवाद पश्चात अन्ततः फिल्म प्रदर्शनमा आउने भएको हो ।
फिल्मको सुरूवाती नाम ‘पद्मावती’ थियो । गत वर्षको डिसेम्बर १ तारिखमा प्रदर्शन मिति तोकिएको फिल्म विरोधका कारण प्रदर्शनमा आउँन सकेको थिएन ।
भारतको सेन्सर बोर्डले ५ दृश्यमा फेरवदल र फिल्मको नाममा परिवर्तन गरेपश्चात फिल्म प्रदर्शन हुने भएको छ ।
‘पद्मावत’ प्रदर्शनमा आउने दिनमा नै अक्षय कुमार अभिनित ‘प्याडम्यान’ प्रदर्शन हुँदैछ ।
अक्षय कुमार, सोनम कपुर, राधिका अप्टे लगायतको अभिनय रहेको फिल्म ‘प्याडम्यान’ जनवरी २५ मा प्रदर्शनमा आउने केही महिनाअघि नै तय भएको थियो । – एजेन्सी















प्रतिक्रिया