नयाँदिल्ली, २७ पुस । सामाजिक सञ्जालको क्षेत्रमा उदय हुँदै गरेको सोसल कमर्श प्लेटफर्म सगुनको बहुप्रतिक्षित मोबाइल एप्स सार्वजनिक भएको छ । एन्ड्रोइड भर्सनमा उपलब्ध सगुनको एप्स बलिउडकी उदीयमान चर्चित नायिका श्रद्धा कपुरले शुभारम्भ गरिन ।
बलिउडकी यि नायिकालाई अर्की सेलिब्रेटी तथा टीभी पर्सनालिटी मन्दिरा वेदीले साथ दिएकी थिइन । नयाँ दिल्लीको बाह्रखम्वा रोडस्थित द ललित होटलमा भएको एक भव्य कार्यक्रममा कपुरले एन्ड्रोइड एप्सको शुभारम्भ गर्दा हलमा रहेका दर्शकले उत्साहका साथ भव्य स्वागत गरेका थिए ।
शुभारम्भ लगत्तै श्रद्धाले सगुनको प्रसंसामा खर्च गरिन् । उनले प्रमुख अतिथिको रुपमा बोल्न उभिएका कारण मात्र सगुनको प्रसंसा गरिनन उनले यसले आफ्नो करियरमा के फरक पार्न सक्छ भन्ने वारेमा पनि व्याख्या गरिन ।
हरेक व्यक्तिको आ आफ्नो दैनिकी हुने र त्यस्ता सबै व्यक्तिलाई आफ्नो दैनिकीलाई व्यवस्थित गर्न सगुनको एप्स काम लाग्ने बताइन। आफ्नो फिल्मी करियरमा सगुनको एप्स दैनिकीलाई व्यवस्थित गर्न काम लाग्ने उनले् बताइन ।
उद्घाटनका क्रममा सगुनका संस्थापक गोविन्द गिरीसँग संवादको शैलीमा प्रस्तुत भएकी श्रद्धाले यस्तो उपयोगी एप्स बनाउने सोच कसरी आयो भन्ने सोधेकी थिइन ।
जवाफमा गिरीले सामाजिक सञ्जालका क्षेत्रमा देखिएका समस्याहरुलाई कसरी कम गर्न सकिन्छ भनेर योग तथा ध्यानमा रहँदा सामाजिक सञ्जालको यो नयाँ प्लेटफर्मको सोच आएको बताए ।
गिरीले योगको प्रसंग उठाउने वित्तिकै श्रद्धाले पनि सन् २०१८को आफ्नो न्यू एयर रिजोलुसन सम्झिइन ।
यो बर्ष अझ संगठित र व्यवस्थित रुपमा योग गर्ने कुरा उनले कार्यक्रममा राख्दै गर्दा बीचैमा कार्यक्रम सञ्चालक मन्दिरा वेदीले थपिन, ‘श्रद्धा तिमीलाई योग गर्ने आफ्नो दैनिकी सम्झाउन पनि अब सगुनले सहयोग गर्छ । सगुनको माइ डे भित्र रहेको रिमाइन्डर तिम्रो लागि काम लाग्छ ।’
जवाफमा श्रद्धाले आफूले सगुनको राम्रा राम्रा फिचरहरुलाई आफ्नो दैनिकीमा प्रयोग गर्ने बताइन । उनले आफूले सगुनको एप्स डाउनलोड गरेको र अरुलाई पनि उपयोग गर्न आग्रह गरिन् ।
श्रद्धा, मन्दिरा र गोविन्द तीनजनाको अन्तरक्रियालाई कार्यक्रममा रहेका सहभागिहरुले ध्यान दिएर सुनेका थिए। उनीहरुले कसरी एप्स डाउनलोड गर्ने सोधेका थिए ।
सगुनले एप स्टोरमा गएर सगुनको एन्ड्रोइड डाउनलोड गर्न सकिने बताएको छ ।
सगुनका संस्थापक गोविन्द गिरीले सगुनको एप्स सार्वजनिक कार्यक्रममा यो एप्स मात्र नभइ सामाजिक अभियान भएको बताए । यो अभियानले सामाजिक सञ्चालमा रहेको नकारात्मक भावहरुलाई कम गर्न मद्धत गर्छ गिरीले भने ।
उनले दक्षिण एशिया ऋषिमुनीहरुको तपोभुमि, ज्ञानभुमि र कर्मभुमि भएको उल्लेख गर्दै प्रविधीको क्षेत्रमा पनि अब यस क्षेत्रले पूनर्जागरण शुरु गर्नुपर्ने बताए । सगुनको प्रयास यस क्षेत्रको ज्ञानलाई पूनर्जागरण गर्दै वाँकी विश्वलाई योगदान दिने हो गिरीले भने ।
भारतका राष्ट्रपिता महात्मा गान्धीको एक भनाइलाई उदृत गर्दै गिरीले भने अब सगुन विजयतर्फ उन्मुख छ। हिजोसम्म खिसी गर्नेहरु, हावामा उडाउनेहरु, झगडा गर्न आउनेहरु अब हाम्रो विजय हेर्न वाध्य हुने विश्वास गिरीले सुनाउँदै गर्दा हलमा रहेकाहरुले उनको भनाइलाई स्वागत गरेको थियो ।
अब सगुन एउटा नेपालीले शुरु गरेको सामाजिक सञ्जाल भन्ने दायरामा मात्र सिमित छैन यो त अमेरिका, भारत र नेपाललाई जोड्ने सेतु हुँदै छ उनले थपे ।
सगुनका सहसंस्थापक स्वाती दयालले गिरीको भनाइमा सहमत जनाउँदै दक्षिण एशियालाई समृदीको यात्रामा लैजान पनि सूचना प्रविधी क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताइन। सगुन यसका लागि प्रयास गरिरहेछ उनले थपिन ।
सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले सगुनलाई अब आम उपभोक्ताको हातहातमा प्रयोग गर्ने तहमा पुर्या उने चुनौती रहेको बताए ।


















प्रतिक्रिया