३० आश्विन २०८३, शुक्रबार

दुई कोरियाबीच सैन्य वार्ता हुने, दुई वर्षपछि भयो सहमति

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । उत्तर र दक्षिण कोरियाले संयुक्त विज्ञप्ती जारी गर्दै सीमामा विद्यमान तनावलाई मत्थर गर्ने उद्देश्यले सैन्य वार्ता गर्न सहमति भएको बताएका छन् ।

दुई वर्ष भन्दा बढी समय पछि भएको पहिलो वार्तामा अर्को महिना दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्समा सहभागिता जनाउन ठूलै टोली पठाउन पनि उत्तर कोरिया सहमत भएको छ ।

साथै दुई वर्ष अघि निलम्बित गरिएको दुई देशबीचको सैन्य हटलाइन सम्पर्क पुनर्स्थापित गरिने सहमति समेत भएको छ । तर उत्तर कोरियाको परमाणु कार्यक्रमबारे छलफल गर्ने दक्षिणको आग्रहमाथि भने उसले अझै प्रतिक्रया जनाइसकेको छैन।

उत्तर कोरियाले दक्षिणमा फेब्रुअरी महिनामा हुने हिउँदे ओलिम्पिक्स खेलमा आफ्नो टोली पठाउन पनि सहमति जनाएको छ।उसको टोलीमा खेलाडी, अधिकारीहरु र समर्थकहरुको एक समूह रहने छन्।

सोलले दुई देशले उद्घाटन समारोहमा सँगै मार्चपास गर्न प्रस्ताव गरेको छ। उत्तर कोरियाका अधिकारीहरुलाई ओलिम्पिक्समा आउन अस्थायी अनुमति दिने दक्षिणले योजना बनाएको बताइएको छ।

दुई देशबीचको वार्ता अन्तर्राष्ट्रिय सीमामा पर्ने असैनिक क्षेत्रको पाम्मून्जम भनिने शान्ति गाउँमा भएको थियो । दुबै पक्षबाट पाँच जना उच्च अधिकारीहरु वार्तामा समावेश भएका थिए। दुबै देशका नेताले सिसिटिभी मार्फत ती कुराकानी नियालेका थिए।

इश्वी सम्वतको नयाँ वर्षमा उत्तर कोरियाका नेता किम जों उनले दक्षिणमा हुने ओलिम्पिक्समा आफ्नो टोली पठाउने बारे विचार गरिरहेको बताएका थिए। बीबीसी