काठमाडौं । युवा संघ नेपालका स्थानीय नेता कुमार कटवालले ‘काग दाजै काग दाजै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कटवालले निर्माण गरेको यो आधुनिक गीतमा धुव्र विश्को र सरु गौतमको स्वर रहेको छ भने शब्द संगीत भीम बिसीले दिएका छन् ।
बाबु प्रधानको एरेन्जर रहेको गीतमा मिक्सिङ श्यास्वेत रसाईलीले गरेका छन् । गीतको भिडियोमा कोरियोग्राफर सियोन श्रेष्ठले भद्रगोलका सागर लम्साल (बले) र मोडल स्नेहालाई नचाएका छन् ।
भिडियोलाई निर्देशक युवराज वाइवाले आकर्षक बनाएका छन् । गीतको म्युजिक भिडियोलाई अहिलेसम्म डेढलाख भन्दा बढीले हेरिसकेका छन्।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया