मुम्बई । सेन्सरबोर्डमा थुप्रै संकट झेलेर निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ २५ जनवरीमा रिलिज हुने भएको छ ।
‘पद्मावती’मा उल्लेख गरिएका दिल्ली, चितौड र मेवाड जस्ता नाम हटाएर रिलिज हुनेछ । २५ जनवरीमा देखाइने फिल्म अब पूरै काल्पनिक कथा वस्तुमा आधारित भएको जस्तै गरी प्रस्तुत गरिनेछ ।
किनभने चलचित्रबाट नाम हटाएपछि यो घटना कहाँ घटेको हो भन्ने दर्शकहरूले थाहा पाउन सक्नेछैनन् ।
दर्शकलाई यो पनि थाहा हुने छैन कि अलाउद्दिन खिलजी कहाँबाट आए र कहाँ गएर राजपूतसँग उनीहरूको युद्ध भयो । – एजेन्सी















प्रतिक्रिया