१ कार्तिक २०८३, आइतबार

तीन अर्बको डिबेञ्चरमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । एनआइसी एसिया बैंकले बिक्री खुल्ला गरेको रु.३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८१–८२’ मा बैंकिङ्ग क्षेत्रमा तरलता एवं व्याजदरको तीव्र उतार चढावको वावजुद पनि लगानीकर्ताहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।

३ अर्ब रुपैयाँ बराबरको सम्पूर्ण डिबेन्चरका लागि आवेदन गरेकोले उक्त डिबेन्चरको बिक्री आवेदन लिने कार्य बन्द गरिएकोमा बाँडफाँड गरिएको बैंकले जनाएको छ । उक्त डिबेन्चरका डिबेन्चरधनीहरुले सोही मितिबाट अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् ।

विगतको दशकदेखि बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७ वर्षको अवधिका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिन्छ ।

यस बंैकले जारी गरेको नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर नेपालको पूँजी बजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा सावित हुने विश्वास लिएको जनाएको छ । यसले देशको पूँजी बजार विकासमा सकारात्मक टेवा पुगाउने अपेक्षा यस बंैकले लिएको छ ।

निकट भविष्यमा डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गर्ने बैंकले उल्लेख गरेको छ ।