३० आश्विन २०८३, शुक्रबार

पोल्याण्डका दुई महत्वपूर्ण मन्त्रीलाई बर्खास्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोल्याण्ड, २६ पुस । पोल्याण्डका दक्षिणपन्थी प्रधानमन्त्री मातेउस मोराविकीले आफ्नो सरकारका दुई महत्वपूर्ण मन्त्रीहरूलाई वर्खास्त गर्नुभएको छ ।

मातेउसले मङ्गलबार आफ्नो सरकारमा विवादास्पद बनेका एन्टोनी मासियरविक्ज तथा विदेशमन्त्री विटोल्ड वास्जीकोस्की बर्खास्त गर्नु भएको छ ।

उहाँले वातावरणमन्त्री जान सिस्कोलगायतका अन्य केही मन्त्रीलाई पनि मन्त्रीमण्डलबाट हटाएको घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री मातेउसले नयाँ मन्त्री मण्डलमा केही नयाँ अनुहार ल्याउने अनुमान गरिएको छ । यद्यपि मन्त्रीमण्डलका नयाँ सदस्यको नाम भने सार्वजनिक भइसकेको छैन । – एएफपी