३ कार्तिक २०८३, मंगलबार

एउटी ‘आईमाई’को ‘पोई’हरु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– दीपा एवाई

सुन्दर मेरो पोईले धेरै गुलीयो खाएर
मधुमेह भएछ
असल मेरो पोईले बढी रक्सी खाएर
दुबै किडनी ख़राब बनाएछ
हट्टाकट्टा मेरो पोईले बढी पीरो,अमीलो अचार खाएर
शरीरभरी अम्लीय बढेछ
सहयोगी मेरो पोईले जब मासु नै मासु
चिल्लों चिप्ले बढी खाएपछि
कुरा अर्कै भयो
उसको रक्तचाप बढ्यो
यो नै उनको रोग भयो

एक दिन बर्दलिमा बसेर हुक्का तानिरहन्दा
अक्समिक बढेको रक्तचापले दिमग्गमै हानेछ
र,पक्षाघात भयो
कोमामा गएको भोली पल्ट नै
सुन्दर मेरो पोईले दम तोड़ि दियों

जुन दिन सुन्दर मेरो पोईको देहलिला समाप्त भो
ठक्कै त्यसै रात
मेलै अनौठो सपना देख
एउटा मन्चमा म खड़ा थिए र
त्यहा थिए
हजारौ लाखौका पोईहरु
जो अबका मेरा सम्भावित पोईहरु हुने छन
र,
ती पोईहरुका आईमाईहरुले
उनीहरुको पोई खोसिदिन्छन् की भनी
शंकाका आखाले मलाई घोच्न सुरु गरी हाले
तीनै आईमाईका सुन्दर पोईहरुले चाहि
पोई नभएको मलाई पोई चाहिएको छ भनी
खुसुक्क
एकदमै जोडले शरीरभरी चिमोटन्न शुरु गरेका थिए

सुन्दर मेरो पोई मरेपछि
आखा बन्द गर्नै नहुने भयो
आखा बन्द गर्न साथ सपना देखी हाल्थे
तारे भीरको काँप काँप हिड्दै गरेको
कतै खुट्टा चिप्ली हालेछ भने
कसरी हो कसरी
चरा जतिकै तेज़ उड़न पो थाल्थे

जुन दिन सपनामा उड़े
त्यस पछि म उडेको उडेकै भए
त्यहि तारे भिरको टुप्पमा पुग्न

जति जति उड़थे
उति उति मान्छेहरुका किरींग मिरींग
आवाजहरु आउदै गरेका सुन्दै जान्थे
त्यो मलाई नै बोलाईएको हुन्थ्यो
अनेक कली पुरुषहरुका नामबाट मलाई ढक्थे
उनीहरुको स्वास्नी भन्थे
कट्टु आलोचनाका होसोका फोहरा छुट्थे
यी सस्ता पोईहरु मध्ये कस कसको हो -म स्वस्नी ?

जीउदो लोग्नेका विधवाहरुका डब्फाले पनि उड़ान भरेका रहेछन्
हाम्रो उड़ानको तेजलाई कम गर्न
उनीहरु माथीबाट ढुंगा हानि रहन्थे
तलबाट उफ्रीन्दै घोचा तेर्साउथे
र चिचाएर
ए फलना फलनाका ….स्वास्नी हो !!!
यसो भन्थे
यस्तै थुप्रै थुप्रो पोईहरुको पोईहरुले पनि

सुन्दर मेरो पोई खलास भए पछि
म सपनाभरी उडी रहन्थे
कसोरी हो
उडदा उडदा म त आज शीतलनिवास पो पुगेछु
निक्कै जीउ थाकेको अनुभव गर्दै थिए
यस्तो अनौठो के सपना देखेछु
सपनाबाट सपनामै सोध्दै थिए

के मेरो देशको राष्ट्रपतिलाई पनि
संसद र मन्त्रीमण्डलका
सबै लोग्ने मान्छेहरु
उनको पोईहरु नै हुन सक्छन् भनी
मलाई झै खेदो गर्छन् ?

झ्यलस्स ब्यझे
टाउको निक्कै रन्थनीएर दुखेको रहेछ ।।।