२९ आश्विन २०८३, बिहिबार

स्तन सानो भयो भनेर एसपी मिरा चौधरीले औषधी मागेपछि…

15.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुखमा मास्क लगाएकी छिन् । गुनासो छ, स्तन एकदमै सानो भयो । श्रीमान्ले पनि वास्ता गरेनन् । पसलेले भन्यो, के चिन्ता गर्नुहुन्छ ?

यो लिएर जानुस्, एक महिनामा काम भएन भने पैसा फिर्ता उनले गुनासो गरिन्, पहिला पनि यहीँबाट यही औषधी लगेको । तर काम भएन । पसले कड्किए, नचाहिने कुरा गर्नुहुन्छ त्यसपछि स्तन सानो भएकी महिलाले इशारा गरिन् । झुरुप्प सादा पोशाकवाला मानिसहरु भेला भए । उहाँलाई हाल्नुस् भन्दै आफू पनि गाडीको अघिल्लो सीटमा बसिन् ।

यी स्तन सानो भएकी ग्राहक थिइन् नेपाल पुलिसमा कडा मिजासकी भनेर चिनिने एसपी मीरा चौधरी । खासमा उनलाई स्तन बढाउनु परेको त थिएन, तर उनको जस्तो स्तनभएका थुप्रै महिला स्तन ठूलो पार्ने चक्करमा दिनदिनै र दिनदहाडै राजधानीभित्रै लुटिँदै थिए । लिंग उत्तेजित नभएर एकदमै हैरान भयो । यौनसम्पर्क गर्दा बल्लबल लिंग सोझिन्छ, तर तुरुन्तै फेरि लत्रक्क परेर खत्तम मलाई यसको दबाई दिनुपर्याे साहुजी यस्तो सुनेपछि एक गिलास दूधमा हालेर दिनमा दुईपटक खाने भन्दै बसुन्धाराका पसलेले एउटा औषधी दिए ।

लिंग उत्तेजित भएन भन्ने ग्राहकले औषधिमात्र हातमा लिएनन् पसलेलाई यता आउनुस् त भनेर बोलाए । किन रहेछ भन्दै ग्राहक को छेउमा पुगेका मात्र के थिए, च्याप्प समातेर गाडीमा हाले । अनि परिचय दिए म डिएसपी कवित कटुवाल हुँ ।

यसरी एक हप्ताअगाडि केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरीहरु १० वटा टोली बनाएर आफै आफैं यौनको बिरामी बन्दै राजधानीका विभिन्न भागमा छरिए । कसैको उत्तेजना साम्य नभएर समस्या परेको, कोहीकी श्रीमती उत्तेजित भइनन् भन्ने गुनासो । –जनअाश्था साप्ताहिकबाट