काठमाडौँ । बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगीता ‘लिटिल स्टार अफ द इयर २०१८’का ७० प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । दरबारमार्गस्थित सिडब्लु रेष्टुरेन्टमा उनीहरुले विभिन्न प्रशिक्षण लिइरहेका छन् ।
राजधानीमा आयोजित प्रारम्भिक चरणमा छानिएका प्रतियोगीहरु प्रतियोगीताको शिर्ष उपाधी चुम्दै आफ्नो भाग्य चम्काउन १८ गतेदेखि नियमित प्रशिक्षणमा जुटिरहेका छन् । प्रारम्भिक चरणको अडिसनमा सहभागी १२० मध्यबाट अन्तिम चरणका लागि यी प्रतियोगी छानिन सफल भएका हुन् ।
प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार वीरेन्द्र हमाल, जीवन गिरी लगायतले गरिरहेका छन् । प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बालअधिकार, अनुसासनलगायत विषयको ज्ञान लिने कार्यक्रमको संयोजक जीवन गिरीले बताए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भविष्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले गत बर्षबाट एनोवेसन इवेन्ट म्यानेजमेन्टले यो प्रतियोगीता सुरु गरेको हो । ७ देखि १४ बर्षसम्मका बालबालिकाको सहभागीता रहेको प्रतियोगीतामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरि भिन्दा भिन्दै तीन समहुको विजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए । शिर्ष सहित विभिन्न विधामा उपाधी प्रदान गरिने प्रतियोगीतामा विजेताले धेरै प्रकारका पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजले जनाएको छ ।















प्रतिक्रिया