
काठमाडौँ, २४ पुस । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा अघोषित लोडसेडिङ गरिरहेको छ ।
काठमाडौँमा चिसो बढिरहेको बेला अघोषित रुपमा विद्युत कटौती भइरहेको छ । विद्युत प्राधिकरणले आधिकारिक रुपमा घोषणा नगरे पनि शनिबारदेखि काठमाडौँका बानेश्वर, कोटेश्वर, चावहिल र भक्तपुरमा विद्युत आपूर्तिमा समस्या छ ।
बानेश्वर सवस्टेशनको नयाँ ट्रान्सफर्मरले काम नगरेका कारण त्यस क्षेत्रमा समस्या देखिएको विद्युत प्राधिकरणले जनाएको छ ।
बानेश्वरको सबस्टेशनमा रहेको १८ एमबिएको ट्रान्सर्फमर फेरिएको थियो । तर, उक्त ट्रान्सफर्मरले लोड लिन समय लगाएका कारण काठमाडौँ र भक्तपुरका बिभिन्न ठाउँमा विद्युत कटौती भएको हो ।
यसैगरी, काठमाडौँ महानगरपालिका बाहिरका बस्तीहरुमा पनि विद्युत नियमित छैन् । काठमाडौँका कतिपय ठाउँमा बिजुली आए पनि ‘हाफ लाइन’ आउने समस्या छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही स्थानमा सवस्टेशन तथा ट्रान्सफर्मरको क्षमता बढाउन केही समय विद्युत् जान सक्ने भएकाले धैर्य गर्न उपभोक्तालाई आग्रह गरेका छन् ।















प्रतिक्रिया