न्युयोर्क । अमेरिकाको टेक्सासमा बस्ने विलियम टेडरिक एकाबिहानै घरको ट्वाइलेट जाँदा अचम्मको घटना भयो । उनले ट्वाइलेट सफा गर्ने क्रममा सर्पले चियाइरहको देखे ।
टेडरिक सर्पलाई देखेर पहिला त तर्सिए तर उनले हिम्मत गरेर कमोडको बिर्को लगाइदिए ।
त्यसपछि उनले टेक्सासको वन्यपशु विभागलाई यसको सूचना दिए । त्यहाँका अधिकारीहरूले आएर ट्वाइलेटबाट पाँच फीट लामो साँप निकाले ।
टेडरिकले यो पूरै घटनाको भिडियो शूट गरेर सामाजिक सञ्जालमा पोस्ट गरे । – एजेन्सी
https://www.youtube.com/watch?time_continue=1&v=2vijX8J_1kQ















प्रतिक्रिया