२९ आश्विन २०८३, बिहिबार

आफ्नै शिक्षिकासँग तेस्रो विहे गर्दै इमरान खान

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद । पूर्व पाकिस्तानी क्रिकेटर एवं पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खानले तेस्रो विहे गर्ने भएका छन्।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरानले बुसरा माणिका नामकी महिलासँग विहेको प्रस्ताव गरेका हुन्। यद्यपी ती महिलाले इमरानको प्रस्तावमा जवाफ दिएकी छैन् । जवाफका लागि केही समय मागेको र इमरान जवाफको प्रतिक्षामा रहेको तहरिक–ए–इन्साफ पार्टीका प्रवक्ता नईम उल हकले जानकारी दिए।

बुसरा माणिका इमरानलाई अध्यात्मिक ज्ञान दिने शिक्षिका हुन् । इमरान उनीकहाँ अध्यात्मिक दर्शन लिन जान्थे। बुसरासँग इमरानले २०१८ को चुनावपछि विहे गर्ने योजना बनाएको बताइन्छ।

यसअघि इमरानले दुई विहे गरिसकेका छन्। इमराले पहिलो विहे जेमिमा खानसँग गरेका थिए। ९ वर्षपछि सम्बन्ध विच्छेद भयो। त्यसपछि दोस्रो विहे टिभी जर्नालिष्ट रेहाम खानसँग गरे जुन १० महिना मात्रै टिक्यो।