मुम्बई । सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा है’ले ३ सय करोड कमाएको छ । ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीटरमार्फत फिल्मले १६ औं दिनमा ३ सय करोडको आकडा पार गरेको जानकारी दिएका छन् । यसका साथै सलमानले आफ्नै पछिल्ला फिल्मका रेकर्ड तोडेका छन्।
सलमानका ‘सुल्तान’ र बंजरंगी भाईजान’ले बक्स अफिसमा ३००.४५ र ३२०.३४ करोड कमाएका थिए । यी दुबै फिल्मको रेकर्ड तोडिएको छ।
आइतबार ‘टाइगर जिन्दा है’ले राम्रो कमाई गर्ने विश्वास गरिएको छ । यो फिल्मले देशभित्रै मात्र नभई बाहिर विदेशमा पनि धमाका मच्चाएको छ । वर्ल्डवाइड १५ दिनमा फिल्म ५०० करोड नजिक पुगेको छ । यो फिल्मले राम्रो कमाई गर्नुको कारण चुनौति दिने अन्य फिल्मको प्रदर्शन नहुनु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।















प्रतिक्रिया