
काठमाडौँ । बिहेको एक महिनामै पति वियोगमा परेकी नायिका श्वेता खड्का बिवाह बन्धनमा बाँधिने मनस्थितिमा पुगेकी छिन् ।
बिहे गरेको एक महिना नबित्दै उनले आफ्ना पति नायक श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी थिइन् । घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुगेकी हुन् । यद्यपि खड्काले दोस्रो विवाह आफ्नोमा नरहेको जबाफ दिँदै उम्कने गरेकी छिन् । अर्को विवाहको विषयमा दर्शकको चाहनाअनुसार अघि बढ्ने उनको भनाइ छ ।
नायिका खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ । पतिको निधनको तीन बर्षपछि पहिलो चलचित्र ‘कान्छी’ निर्माण गरेर श्वेता चलचित्र क्षेत्रमा कमब्याक भएकी हुन् ।















प्रतिक्रिया