मुम्बई – भारतका एक गुण्डा नाइकेले बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन्।
अन्तर राज्य गिरोहका नाइके लरेन्स विश्रोईले विहीबार जोधपुरस्थित कोर्टमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएका हुन्। उनले भनेका छन्– देख्नमा हामी छात्र हौं । तर, सलमानलाई जोधपुरमा मार्नेछौं। तब प्रहरीले थाहा पाउनेछ।
हाल सलमान फिल्म शुटिंगका क्रममा जोधपुरमा छन् । त्यहाँको अदालतमा उनको कालो हरिण मारेको मुद्दा २० वर्षदेखि चलिरहेको छ। शुटिंगकै क्रममा आफ्नो मुद्दामा बहस भइरहेका बेला विहिबार सलमान अदालत पुगेका थिए।
उनी अदालत पुगेपछि अन्तर राज्य गिरोहका नाइके लरेन्सले ज्यान मार्ने धम्की दिएको छ। धम्की दिएपछि प्रहरीले उनलाई पक्राउ गरी जोधपुर अदालतमा पेश गरेको छ। हत्या, अवैध असुली र फायरिंग लगायत कैयौ घटनामा उनको संलग्नता रहँदै आएको छ। उनले केही दिन पहिला व्यापारी वासुदेवको गोली हानी हत्या गरेका थिए ।
















प्रतिक्रिया